दुई कम्पनीको शेयरमा सर्किट, निफ्राको पनि शेयर मूल्य बढ्यो ! कति ?

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साताको पहिलो दिन आज दोहोरो अङ्कले घटेको छ। शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १४.६७ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १४.६७ अङ्कले ओरालो लागेर दुई हजार ६ सय १६ मा पुगेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सस्तोमा समेटिएको छ । कूल २२४ कम्पनीको ४२ लाख ८७ हजार ५ सय ६९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ४६ लाख २६ हजार १९० बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ ८, विकास बैंक ५३, फाइनान्स २५, होटल तथा पर्यटन ६३, जलविद्युत् १३, जीवन बीमा १९७, उत्पादन ६८, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ७४, अन्य ३२ र ब्यापार उपसमूह ४१ अंकले घट्दा लगानी उपसमूह भने १.४४ अंकले बढ्यो।

आइतबार कुल १४१ कम्पनीको मूल्य घट्दा ४६ को बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। एक्सचेञ्जका अनुसार ६ कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।

आज सबै भन्दा बढी राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपालको मूल्य १० प्रतिशतले शेयर मूल्य बढेको छ। राष्ट्रउत्थानको शेयर मूल्य ६ सय २५ कायम हुँदा इमर्जिङको ५ सय १९ कायम भयो। त्यस्तै आज निफ्राको मूल्य ४.८ प्रतिशतले बढ्यो। आजको वृद्धिसँगै निफ्राको शेयर मूल्य ३ सय ५४ कायम भएको छ।

प्रकाशित : आइतबार, चैत ०६, २०७८१५:३६

हिजो घटेको सुनको भाउ आजै बढ्यो, कति पुग्यो ?