बार्सिलोनाका प्रशिक्षक जाभीले आइतबार रियल म्याड्रिडविरुद्धको एल क्लासिको खेलका लागि २३ सदस्यीय टोली घोषणा गरेका छन्। बार्सिलोना पछिल्लो समय निकै प्रभावशाली लयमा रहेको छ।

ब्लाउग्राना क्लब पछिल्ला ११ लिग खेलहरूमा अपराजित रहेको छ र तेस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँग दुई खेल कम खेल्दा ३ अंकले पछि तालिकाको चौथो स्थानमा रहेको छ। उनीहरु युरोपा लिगको क्वाटरफाइनलमा पनि प्रवेश गरेका छन्। जाभी अब एल क्लासिकोमा पुराना प्रतिद्वन्द्वी रियल म्याड्रिड विरुद्ध जीत निकाल्दै गतिलाई निरन्तरता दिने दाउमा हुनेछन्। उनले बर्नाबेउ भ्रमणका लागि २३ खेलाडीलाई आफ्नो टोलीमा बोलाएका छन्।
गोलकिपर: मार्क-आन्द्रे टेर स्टेगेन, नेटो, अर्नाउ टेनास
डिफेन्डर: जेरार्ड पिके, रोनाल्ड अराउजो, ड्यानी आल्भेस, क्लेमेन्ट लेन्गलेट, जोर्डी अल्बा, ओस्कार मिन्गुजा, एरिक गार्सिया
मिडफिल्डर: सर्जियो बुस्केट्स, रिक्वी पुइग, निको गोन्जालेज, पेड्रि, फ्रेन्की डे जोंग, गाभी
फरवार्ड: उसमाने डेमबेले, मेम्पिस डेपे, अदामा ट्राओरे, मार्टिन ब्र्याथवेट, लुक डे जोंग, फेरान टोरेस, पिएरे एमरिक ओबामियांग
बार्सिलोनाले एल क्लासिकोका लागि सर्जिनो डेस्ट, अन्सु फाती, सर्जी रोबर्टो, सामुएल उम्टिटी र अलेजान्ड्रो बाल्डेलाई गुमाउनेछ।
बार्सिलोना विरुद्धको एल क्लासिकोमा रियल मड्रिड करिम बेन्जेमा बिनाको हुनेछ
रियल मड्रिडका स्टार स्ट्राइकर करिम बेन्जेमाले आइतबार बार्सिलोना विरुद्धको एल क्लासिको खेल गुमाउने भएका छन्। मालोर्का विरुद्धको ३-० को जितको दोस्रो हाफमा काफ इन्जुरीका कारण ३४ वर्षीय फ्रान्सेली खेलाडी बाहिरिएका छन्।
यस्तो छ म्याड्रिडको पूर्ण टोली:-

