लेवान्डोस्की बायर्न छाडेर लिभरपुल जाने ?

एजेन्सी – बायर्न म्युनिखका सुपरस्टार रोबर्ट लेवान्डोस्कीलाई भित्र्याउने दौडमा प्रिमियर लिग क्लब लिभरपुल सबै भन्दा अगाडी देखिएको छ। स्पेनिस पत्रिका फिचाजेसका अनुसार लेवान्डोस्की भित्र्याउने दौडमा लिभरपुल अगाडी देखिएको हो।

बायर्नले लेवान्डोस्कीलाई बेच्न चाहेको खण्डमा उनलाई भित्र्याउने लिभरपुलको योजना रहेको छ। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप लेवान्डोस्कीका ठूला प्रशंसा रहेका छन्। बोरुसिया डर्टमुन्डमा क्लोप प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए। सँगै काम गरिसकेका कारण क्लोपले लेवान्डोस्कीलाई लिभरपुलमा चाहेको फिचाजेसको दावी छ।

बायर्न म्युनिखक स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको सम्झौता जुन २०२३ मा सकिँदैछ। पछिल्ला वर्षहरुमा विश्वकै उत्कृष्ट खेलाडीको रुपमा विकसित भएका लेवान्डोस्कीको भविष्यलाई लिएर बायर्न चिन्तित रहेको बताइन्छ। लेवान्डोस्कीलाई लिएर बायर्नले दुईवटा योजना बनाएको छ।

बताइएअनुसार बायर्नको पहिलो प्राथमिकता लेवान्डोस्कीसँग सहमतिमा पारिश्रमिक घटाएर सम्झौता थप गर्ने छ। त्यस्तै सम्झौता थप गर्न नमानेको खण्डमा लेवान्डोस्कीलाई आउने ट्रान्सफर विन्डोमै बिक्री गर्ने बायर्नको योजना रहेको छ।

सामान्यतया बायर्नले धेरै पारिश्रमिक माग गर्ने खेलाडीहरुलाई क्लब छाड्न दिने गरेको छ। गत वर्ष डेभिड अलाबाको हकमा पनि त्यस्तै भएको थियो। अलावाले धेरै पारिश्रमिक माग गरेपछि बायर्नले उनलाई फ्री ट्रान्सफरमा क्लब छाड्न दिएको थियो। उनी अहिले रियल म्याड्रिडमा छन्। लेवान्डोस्कीको विषयमा पनि यस्तो नहोला भन्न सकिँदैन।

आउने ट्रान्सफर विन्डोमा बिक्री नभए सन् २०२३ मा लेवान्डोस्की सित्तैमा अन्यत्र जान पाउनेछन्। लेवान्डोस्की जस्तो खेलाडीलाई सित्तैमा गुमाउनु भन्दा पहिला नै बिक्री गर्न तर्फ बायर्न लाग्न सक्ने देखिन्छ। लेवान्डोस्कीलाई भित्र्याउन रियल म्याड्रिड, बार्सिलोना, लिभरपुल, म्यानचेस्टर सिटी जस्ता क्लबले चाहेका छन्। तर क्लोपका कारण उनी लिभरपुल जानसक्नेछन्।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१४:३०

मेस्सीले अब जिन्दगीमा कहिल्यै बार्सिलोनाबाट खेल्न नचाहेको खुलासा !