यी ४ राशिमा रहन्छ धन देवता कुबेरको विशेष कृपा, कमाउँछन् अथाह धन सम्पत्ति !

ज्योतिष शास्त्रमा प्रत्येक राशिको विस्तृत वर्णन गरिएको छ। धनको देवता कुबेरको विशेष कृपा हुने केही राशिहरु रहेको ज्योतिषीहरुको विश्वास छ। यी राशिका व्यक्तिहरूले हात लगाएको हरेक काममा सफलता प्राप्त गर्छन्। उनीहरुका लागि असम्भव केही छैन। त्यस्तै, उनीहरुको जीवनमा कहिल्यै पनि पैसाको कमी हुँदैन। यसका अलावा आफ्नो क्षमताका कारण पनि आफ्नो छुट्टै पहिचान बनाउँछन्। आउनुहोस् जानौं ती राशिका बारेमा।

कर्कट राशि 

यो राशिका मानिसहरुको दिमाग निकै तेज हुन्छ। यही कारणले गर्दा उनीहरूले कुनै काम गर्ने निर्णय गरेपछि सफलता प्राप्त गरेर मात्र राहतको सास फेर्छन्। साथै यस राशिका मानिसहरु कमाई र धन जोड्ने मामिलामा अरु भन्दा अगाडि हुन्छन्।

तुला राशि 

यस राशिका व्यक्तिलाई धनको देवता कुबेरको कृपा प्राप्त हुन्छ। यिनीहरू स्वभावमा निकै जिद्दी हुन्छन्। जसका कारण आफूले निर्णय गरेको काम पूरा गरेर मात्र राम्रोसँग सास फेर्न्छन्। यसका साथै यस राशिका मानिसलाई धन कमाउनमा पनि माहिर मानिन्छ। यी मानिसको जीवनमा कहिल्यै धनको कमी हुँदैन।

वृश्चिक राशि 

यो राशिका मानिसहरु निकै बुद्धिमान हुन्छन्। तिनीहरूले कुनै पनि काम धेरै सावधानीपूर्वक गर्छन्। उनीहरुको भाग्य पनि धेरै राम्रो मानिन्छ। यस राशिका व्यक्तिहरूले प्रायः हरेक क्षेत्रमा सफलता कमाउँछन्।

मकर राशि 

यस राशिका व्यक्तिलाई निकै भाग्यमानी मानिन्छ। यस राशिका मानिस कडा परिश्रमको बलमा कुनै पनि काममा सफलता हासिल गर्न सक्छन्। धनकी देवता लक्ष्मी र कुबेरको विशेष कृपा उनीहरुमा रहन्छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१२:२०

हरेक काममा आफ्नो हुकुम चलाउन खोज्छन् ये राशिका मानिस, हुन्छन् निकै जिद्दी !