एजेन्सी – क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै रोमेलु लुकाकुले सन् २०२०-२१ सिजनको उत्कृष्ट खेलाडी बनेका छन्। सन् २०२०-२१ को सिजनमा इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन्स भन्दा उत्कृष्ट प्रदर्शन गरेका लुकाकु उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
सिजन सकिएको कयौं महिना पछि लुकाकुलाई त्यस सिजनको उत्कृष्ट खेलाडी घोषणा गरिएको। धेरै समय पछि गत सिजन इन्टरले घरेलु लिग जितेको थियो। त्यसबेला लुकाकुले सिजनभर राम्रो प्रदर्शन गरेका थिए।
युभेन्टसबाट खेल्दा सिरी ‘ए’कै सर्वाधिक गोल गरेका रोनाल्डोलाई सिजनको उत्कृष्ट खेलाडी बन्न लुकाकुले पछि पारे। त्यस सिजन रोनाल्डोले २९ गोल गर्दा लुकाकुले मात्रै २४ गोल गरेका थिए। बढी गोल गरेपनि रोनाल्डो लुकाकु सामू पछि परे।
रोनाल्डो र लुकाकु दुवै अहिले सिरी ‘ए’मा छैनन्। दुवै अहिले प्रिमियर लिगमा छन्। रोनाल्डो यसै सिजन म्यानचेस्टर युनाइटेड पुगे भन्दा लुकाकु अहिले चेल्सीमा छन्।
सिरी ‘ए’ छाडेपछि रोनाल्डो र लुकाकुले पहिला जस्तो राम्रो प्रदर्शन गर्न सकिरहेका छैनन्। लुकाकुले प्रिमियर लिगमा चेल्सीका लागि यस सिजन १९ खेल खेलेका छन्। जसमा उनले मात्रै पाँच गोल गरेका छन्। उता रोनाल्डोले भने युनाइटेडका लागि जारी सिजनमा २४ खेल खेल्दा १२ गोल गरेका छन्। रोनाल्डो प्रिमियर लिगका दोस्रो सर्वाधिक गोलकर्ता हुन्।

