अर्को सिजन पीएसजीले उडाउने भयो बार्सिलोनाका सुपरस्टार खेलाडी !

पत्रकार हेड्रिन ग्रेनियरका अनुसार एफसी बार्सिलोनाका विंगर ओस्मान डेम्बेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध हुने तयारीमा छन्। डेम्बेलेको सम्झौतामा हाल ६ महिनाभन्दा कम समय बाँकी छ। उनी सिजनको अन्त्यमा नि:शुल्क ट्रान्सफरमा नोउ क्याम्प छोड्ने स्थितिमा हुनेछन्।

माथि उल्लेखित स्रोतका अनुसार, फ्रान्सेली विङ्गर र पेरिसका दिग्गजहरू बीच मौखिक सम्झौता भइसकेको छ। डेम्बेले ३० जुनमा बार्सिलोनासँगको सम्झौताको औपचारिक म्याद सकिएपछि लिग १ मा सामेल हुनेछन्। २०१७ को गर्मीमा बोरुसिया डर्टमुन्डबाट १४० मिलियन युरो ट्रान्सफर पूरा गरेदेखि नै उस्माने डेम्बेलेको स्पेनमा समय निकै निराशाजनक रहेको छ। क्लबमा धेरै जसो समय २४ वर्षीय विंगर चोटक कारण मैदान बाहिर बिताउँदै आएका छन्। तर सन् २०२२ लागेपछि भने फ्रेन्च स्टार निकै उत्कृष्ट लयमा रहेका छन्। उनले आइतबार भएको रियल म्याड्रिड विरुद्ध भएको खेलमा पनि डेम्बेलेको प्रदर्शन निकै राम्रो रहेको थियो।

डेम्बेले अब २०२२-२३ सिजनबाट आफ्नो देशमा आफ्नो अस्थिर करियरलाई पुन: जगाउने प्रयासमा हुनेछन्। पीएसजीलाई नयाँ सिजनमा नयाँ आक्रमणकर्ताको आवश्यकता पर्ने अपेक्षा गरिएको छ। पेरिसका दिग्गजहरूले स्टार फरवार्ड किलियन एमबाप्पेलाई सिजनको अन्त्यमा फ्री ट्रान्सफरमा रियल म्याड्रिडका लागि गुमाउने अपेक्षा गरिएको छ। त्यस्तै क्लबले ब्राजिलियन स्टार नेयमारलाई समर ट्रान्सफर विन्डोमा बेच्न सक्ने (फुटबल एस्पाना मार्फत) रिपोर्टहरू पनि आउन सुरु भएका छन्।

जसको कारण पनि डेम्बेलेलाई अनुबन्ध गर्नु पीएसजीका लागि अर्थपूर्ण हुनेछ। खराब चोट रेकर्डको बावजुद, विश्व कप विजेता विंगर अझै २४ वर्षको उमेरमा छन् र उनको करियर पुन: उकालो लाग्ने राम्रो समय बाँकी रहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८११:५०

रोनाल्डोलाई लुकाकुले पछि पारे, बने २०२०-२० सिजन को उत्कृष्ट खेलाडी !