मेस्सीले अब जिन्दगीमा कहिल्यै बार्सिलोनाबाट खेल्न नचाहेको खुलासा !

लियोनल मेस्सी पछिल्लो हप्ता विभिन्न कारणले चर्चामा रहे। च्याम्पियन्स लिगमा रियल म्याड्रिडको हातबाट पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम १६ बाट नै बाहिरिएपछि क्लब फ्यानहरूबाट नै मेस्सीले खुब गाली पाए। यसले धेरैलाई विश्वास गर्न प्रेरित गर्‍यो कि उनी फ्रान्सेली क्लबबाट टाढा जान चाहन्छन्, र सम्भवतः बार्सिलोना फर्कन चाहन्छन्।

तर कुआट्रोका अनुसार मेस्सीको बार्सिलोनाबाट फेरि खेल्ने सोच नै छैन। ७ पटकका ब्यालोन डी ओर पीएसजीसँगको बाँकी रहेको सम्झौता पूरा गर्न कटिबद्ध छन् र २०२३ को गर्मीमा फ्रान्सेली लिगका वर्तमान लिडर छोड्नेछन्। ला लिगाका अध्यक्ष जाभियर टेबासले मेस्सीलाई बार्सिलोना फर्काउन चाहेको बताए। उनले भने, “म ला लिगामा कुन खेलाडी हेर्न चाहन्छु? मेस्सी। मलाई लाग्छ, मेस्सीसँग साँच्चै राम्रो स्तरमा दुई वा तीन वर्ष बाँकी छ। हामीले देखेका ८०% मा पनि मेस्सी अझै पनि उच्च स्तरमा छन्…यदि मैले मेस्सीलाई स्पेनमा फर्केको हेर्न पाए भने म खुसी हुनेछु।”

ड्यानी आल्भेसले पनि ईएसपीएनसँग कुराकानीको क्रममा समान भावना व्यक्त गरेका थिए। मेस्सीको सम्भावित पुनरागमनलाई लिएर दुबै आशावादी भएतापनि उनीहरुको सपना साकार हुने सम्भावना निकै कम रहेको बताइन्छ। रिपोर्टमा थप भनिएको छ, मेस्सीको अब जोआन लापोर्टासँग कुनै सम्बन्ध छैन। यसले मेस्सीको खेलाडीको रूपमा कुनै पनि सम्भावित फिर्तीलाई अझ गाह्रो बनाउँछ।

बार्सिलोना छोडेपछि, मेस्सीले सम्भवतः आफ्नो करियरको सबैभन्दा खराब सिजन बिताइरहेका छन्। यस सिजन मात्र ७ गोल गरेका ७ पटकका ब्यालोन डी ओर विजेता यस सिजन गोल गर्न संघर्ष गरेको प्रष्ट देखिन्छ। ७ मध्ये मात्र २ गोल लिगमा आएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१५:४६

बार्सिलोनाले भेट्टायो डेम्बेलेको स्थान लिने खेलाडी, यति ठूलो रकम तिर्न भयो तयार !