तितर-बितर भयो पीएसजी, सुरु भयो आरोप-प्रत्यारोप !

रियल म्याड्रिड र मोनाकोसँगको पराजय पछि पेरिस सेन्ट-जर्मेन (पीएसजी) को स्टार स्टेडेड ड्रेसिङ रुम कथित रूपमा दुई भागमा विभाजित भएको छ। एकअर्काको विरोधमा, एक गुटले अर्को समूहका खेलाडीहरूलाई मैदानमा उदासीन रहेको आरोप लगाउन थालेका छन्।

पीएसजीका लागि च्याम्पियन्स लिग र लिग १ दुबैको नजरले मार्च महिना निकै निराशजनक रह्यो। मार्च ९ मा, पेरिसियन च्याम्पियन्स लिग राउन्ड अफ १६ को दोस्रो लेगको भिडन्तमा रियल म्याड्रिडसँग ३-१ ले पराजित भएको थियो। हारले उनीहरूलाई ३-२ को समग्र स्कोरलाइनको साथ प्रतियोगिताबाट बाहिरको ढोका देखायो। आइतबार पीएसजी मोनाकोमा ३-० ले पराजित भयो जसले कथित रूपमा क्लबको ड्रेसिङ रुममा अशान्ति बढाएको छ।

RMC खेल (गेट फ्रेन्च फुटबल न्युज मार्फत) अनुसार, पीएसजीको टोली भर्खरको हारपछि “दुई कुलमा विभाजित” भएको छ। एउटा कुलमा स्पेनी भाषा बोल्ने रहेका छन् भने अर्को गुटमा फ्रान्सेली बोल्ने खेलाडीको वर्चस्व रहेको छ। स्रोतका अनुसार यी दुई टोली बीच एक-अर्कालाई आरोप-प्रत्यारोप लगाउने समेत काम भएको छ।

मोनाकोमा ३-० को पराजय पछि पेरिसका कुनै पनि खेलाडीले आफ्नो मुख खोलेका छैनन्। केही सदस्यहरूद्वारा चरित्र र नेतृत्व कौशलको कमीलाई रेखांकित गरिएको छ, तर अभियुक्त पक्षहरूले यसको जवाफ दिन बाँकी छ। पेरिस सेन्ट जर्मेन अन्तर्राष्ट्रिय ब्रेक पछि क्लर्मन्ट फुट विरुद्धको अर्को खेलमा उत्रिनेछ। लिगमा अब मात्र ९ खेल खेल्न बाँकी रहँदा पेरिस क्लबले दोस्रो स्थानको मार्सेलीमाथि १२ अंकको अग्रता लिएको छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१४:२७

लेवान्डोस्की बायर्न छाडेर लिभरपुल जाने ?