एजेन्सी – यो सबैलाई थाहा छ कि अर्जेन्टिनी स्टार पेरिस सेन्ट जर्मेन(पिएसजी)मा सन्तुष्ट छैनन्। मेस्सी न त पिएसजी मा घुलमिल हुन सकिरहेका छन्, न त उनी त्यहाँ खुशी नै हुन सकिरहेका छैन।
पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएपछि त मेस्सीको निराशा झनै बढेको छ। पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिनुको दोष मेस्सी माथि समेत लगाइयो। त्यति मात्र होइन पिएसजीका समर्थक पनि मेस्सीको विरुद्धमा देखिए। पिएसजीको घरेलु मैदानमा मेस्सी विरुद्ध हुटिङ समेत भयो।
पिएसजीमा भने जस्तो प्रदर्शन गर्न नसकेपछि मेस्सी बार्सिलोना फिर्ता हुन चाहेको चर्चा गर्न थालिएको छ। सो सम्बन्धमा मेस्सी आफैंले भने केहि पनि बोलेका छैनन्। लालिगा नियमका कारण बार्सिलोनामा बस्ने नमिलेका कारण पिएसजी आएका मेस्सी बार्सिलोनाले चाहेको खण्डमा फिर्ता हुन चाहन्छन्।
यसैबीच स्पेनिस पत्रिका एल नेशनलले मेस्सी पारिश्रमिक घटाएर भएपनि बार्सिलोना आउन चाहेको दावी गरेको छ। हालसालै एक रिपोर्ट सार्वजनिक गर्दै एल नेशनलले यस्तो दावी गरेको हो।
मेस्सी र पिएसजी बीचको सम्झौतामा मेस्सीले क्लब छाड्न सक्ने सम्बन्धमा केहि व्यवस्था गरिएको र ती शर्तहरुलाई सक्रिय गराएर मेस्सी बार्सिलोना फिर्ता हुन सक्ने सो पत्रिकाको दावी छ। त्यति मात्र होइन मेस्सी बार्सिलोना फिर्ता हुनको लागि पारिश्रमिक घटाउन पनि तयार रहेको सो पत्रिकाले दावी गरेको छ।
लयमा फर्किँदै बार्सिलोना
मेस्सीले छाडेपछि धर्मराएको बार्सिलोना लयमा फर्किने क्रममा छ। प्रशिक्षकको रुपमा जाभी आएपछि बार्सिलोनामा धेरै परिवर्तन भइसकेका छन्। कुनै समय शिर्ष १० मा पर्न नसकिरहेको बार्सिलोना अहिले शिर्ष ३ मा छ।

