विश्वकप छनोट खेलअघि रोनाल्डोले लेखे यस्तो भावुक स्ट्याटस, सबैको सपना पूरा गर्ने प्रण !

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले टर्कीसँगको विश्वकपको प्लेअफअघि आफ्ना सहकर्मीहरूलाई प्रेरणादायी सन्देश दिएका छन्। सेलेकाओले बिहीबार पोर्टोमा क्रिसेन्ट-स्टार्सलाई स्वागत गर्नेछ र यस खेलको विजेताले पाथ सी को फाइनलमा जानेछ, जहाँ उनीहरूले अर्को हप्ता इटाली वा उत्तरी म्यासेडोनियासँग सामना गर्नेछन्।

कतारमा हुने विश्वकप सम्भवतः ३७ वर्षीया स्टारको अन्तिम प्रमुख अन्तराष्ट्रिय प्रतियोगिता हुनेछ पूर्व म्याड्रिड स्टारले विश्व मञ्चमा अविस्मरणीय प्रदर्शनको लक्ष्य राखेको हुनुपर्छ। तर यस वर्षको अन्तिममा हुने प्रमुख प्रतियोगितामा स्थान बनाउन त्यति सजिलो भने हुनेछैन किनकि साबिक युरोपियन विजेता इटाली सन् २०१८ को विश्वकप गुमाएपछि यस पटक पोर्चुगलको बाटो बन्द गर्दै आफू छनोट हुने दाउमा रहेको छ।

रोनाल्डो र पोर्चुगलले विश्वकप गुमाउन पनि सक्छ युनाइटेड स्टारले बिहीबारको खेल अघि आफ्नो टोलीको भावना बढाउन प्रयास गरेका छन्। आफ्नो आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा उनले लेखे, “हामी विश्व कपमा केन्द्रित छौं, पोर्चुगलको प्रतिनिधित्व गर्न पाउँदा गर्व छ, हामीलाई थाहा छ बाटो सजिलो हुनेछैन, हामीले सामना गर्ने विपक्षीहरूलाई सम्मान गर्छौं र जसको लक्ष्य र महत्वाकांक्षा समान छ, तर हामी पोर्चुगललाई छनोट गराउन एकजुट भएर संघर्ष गर्नेछौं।”

पोर्चुगल सन् २००२ यता प्रत्येक विश्वकपका लागि छनोट भएको छ, रोनाल्डोले ती चारै विश्वकपमा खेलेका छन्। सन् २००६ मा सेमी-फाइनल खेलेको पोर्चुगलले त्यसयताका कुनै पनि विश्वकपमा अन्तिम १६ बाट अगाडी बढ्न सकेका छैनन्। विश्वकपको अन्तिम संस्करणमा, ५ पटकका ब्यालोन डी ओर विजेता उत्कृष्ट लयमा थिए, आफ्नो उद्घाटन खेलमा स्पेन विरुद्ध ह्याट्रिक सहित चार गोल गरेका थिए, तर अन्तिम १६ मा उरुग्वे विरुद्ध जित दिलाउन मद्दत गर्न सकेनन्।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१६:५३

प्रिमियर लिग फर्किँदै सुआरेज: स्टेभेन जेरार्डसँग पुनर्मिलन हुने !