कहिले खुल्छ लाइसेन्स परीक्षाको आवेदन ? यस्तो आयो अपडेट !

काठमाडौँ – यातायात व्यवस्था विभाग, काठमाडौंले हालका लागि आवेदन प्रणाली अनिश्चितकालका बन्द गरेको छ। आवेदन दिनेको चाप अत्याधिक भएसँगै विभागले आवेदन प्रणाली तत्कालका लागि बन्द गरेको हो।

लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको र ती आवेदनहरुको व्यवस्थापन गर्नको लागि आवेदन प्रणाली बन्द गरिएको विभागले जनाएको छ। लाइसेन्स परीक्षका लागि परेका ती आवेदनहरुको व्यवस्थापन दुई महिना भित्र गरिसक्ने विभागको तयारी रहेको छ।

त्यसको लागि के-कसो गर्न सकिन्छ भन्ने विषयमा विभागले अध्ययन गरिरहेको छ। विभागले अहिले परेका आवेदनहरुको व्यवस्थापन गर्नको लागि तीन सिफ्टमा परीक्षा संचालन गर्ने तयारी गरिरहेको छ।

विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको विभागले जनाएको छ।

अहिले बाँकी रहेका आवेदनको परीक्षा दुई महिना भित्र सकेर आवेदन प्रणाली पुनः सुचारु गरिने विभागका अधिकारीहरु बताउँछन्। लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने व्यवस्था गरिनेछ।

आवेदन दिएपछि कयौं महिना कुर्नुपर्ने समस्यालाई हटाउन यस्तो व्यवस्था गर्न लागिएको विभागका सूचना अधिकारी लोकनाथ भुसाल बताउँछन्। सीमित आवेदन लिएर परीक्षा सकाउने र पुनः आवेदन खुला गर्ने तर्फ विभागको ध्यान केन्द्रित भएको भुसालको भनाई छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१७:०१

दोहोरो अङ्कले बढ्यो नेप्से: इमर्जिङ नेपाल र राष्ट्र उत्थान लघुवित्तको शेयरमा उच्च वृद्धि ! कति ?