राजकुमार ग्रह अस्त अवस्थामा, यी ३ राशिको जीवनमा आउनेछ अनेक सङ्कट !

वैदिक ज्योतिषशास्त्रका अनुसार जब ग्रहको राशि परिवर्तन हुन्छ वा अस्त हुन्छ, त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। बुधलाई बुद्धि र व्यापारको दाता मानिन्छ। मार्च १८ को दिनबाट बुध ग्रह अस्त अवस्थामा रहेको छ। बुध व्यापार, संचार, चलाखी र तर्क संवादसँग सम्बन्धित छ। तसर्थ, ग्रहको गोचरले सबै १२ राशि चिन्हहरूलाई असर गर्छ। तर यस समयमा यस्ता ३ राशि छन्, जुन राशिका मानिस अलिकति सावधानीपूर्वक रहनु आवश्यक छ। जानौं यी राशिका बारेमा-

मेष राशि 

बुधको अस्त तपाईंका लागि पीडादायी साबित हुन सक्छ। यस राशिको ११ औं घरमा बुध अस्त भएको छ। जसलाई आम्दानी र नाफाको घर मानिन्छ। तसर्थ, यस समयमा तपाईंलिई व्यापारमा थोरै कम लाभ हुन सक्छ। आम्दानीका साधनमा कमी आउन सक्छ। व्यापारमा कुनै पनि सम्झौता यो समयमा रोकिन सक्छ। यस अवधिमा कुनै पनि क्षेत्रमा लगानी गर्नबाट बच्नुहोस्।

वृष राशि 

बुध ग्रह यस राशिको १० औं घरमा अस्त भएको छ। जसलाई काम र करियरको भाव भनिन्छ। तसर्थ, नयाँ रोजगारीका अवसरहरू आएपनि गुम्न सक्छन्। कार्यस्थलमा कामको दबाब बढ्न सक्छ। वरिष्ठ अधिकारीहरुसँग तपाईंको सम्बन्ध बिग्रन सक्छ। कार्यस्थलमा राम्रो काम गरे पनि प्रशंसा नमिल्दा तपाईंको मनमा निराशा छाउन सक्छ। मानसिक तनाव बढ्न सक्छ। व्यापारमा कम लाभ हुने सम्भावना छ।

मिथुन राशि 

बुध ग्रहको अस्त तपाईंका लागि अलि पीडादायी साबित हुन सक्छ। बुध तपाईंको राशिको नवौं घरमा अस्त हुनेछ। जसलाई भाग्यको घर भनिन्छ। बुध ग्रहको प्रभावले तपाईंको काम बिग्रन सक्छ। दाम्पत्य जीवनमा तनाव आउन सक्छ। यस समयमा कुनै पनि प्रकारको व्यावसायिक यात्रा नगर्नुहोस्। धन हानिको सम्भावना रहनेछ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१७:३०

भोलिबाट भाग्य पल्टिनेछ यी राशिका मानिसको, हुनेछ हरेक सपना साकार !