एजेन्सी – फेनेरबासेका स्टार मेसुट ओजिलले प्रिमियर लिग र च्याम्पियन्स लिग फरक-फरक टोलीले जित्ने दावी गरेका छन्। सामाजिक संजाल मार्फत ओजिलले प्रिमियर लिग र च्याम्पियन्स लिग जित्ने टोलीको अनुमान लगाएका हुन्।
ओजिलका अनुसार जारी सिजनमा लिभरपुल प्रिमियर लिग जित्न असफल हुनेछ। प्रिमियर लिगको शिर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा मात्रै एक अंकले पछाडी रहेको लिभरपुलले प्रिमियर लिग नजित्ने उनको अनुमान छ। उनका अनुसार प्रिमियर लिग सिटीले जित्नेछ।
लिभरपुल र सिटी दुई बीच प्रिमियर लिग उपाधिका लागि तिब्र प्रतिष्पर्धा भइरहेको छ। मात्रै एक अंकको अन्तर रहेका कारण यी दुई मध्ये कसले प्रिमियर लिग जित्छ भन्न सकिने अवस्था छैन। सिटी र लिभरपुल आउने महिना आमने-सामने हुँदैछन्। सो खेलले प्रिमियर लिग उपाधि होडमा महत्वपूर्ण निर्णायक भूमिका खेल्नेछ।
स्पोर्ट्स बाइबलले सामाजिक संजाल मार्फत सोधेको प्रश्नको जवाफ दिँदै ओजिलले प्रिमियर लिग सिटीले जितेपनि च्याम्पियन्स लिग लिभरपुलले जित्ने अनुमान लगाएका छन्। लिभरपुल र सिटी दुवै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा छन्। लिभरपुलले च्याम्पियन्स लिगमा बेन्फिकाको सामना गर्दैछ। त्यस्तै सिटीले भने एट्लेटिको म्याड्रिडलाई प्रतिद्वन्दीको रुपमा पाएको छ।
यस्तै ओजिलको अनुमानलाई मान्ने हो भने यस पटक बेलायतले विश्वकप जित्नेछ। अजिलको अनुमान अनुसार प्रिमियर लिग सिटीले जित्नेछ भने च्याम्पियन्स लिग लिभरपुलले जित्नेछ। त्यस्तै विश्वकप भने बेलायतले जित्नेछ।

