लापोर्टाका सल्लाहकार भन्छन्-“हालाण्ड अनुबन्ध र मेस्सी फिर्ती ? असम्भव छैन”

फुटबल क्लब बार्सिलोना जाभी हर्नान्डेजको नेतृत्वमा निकै राम्रो अवस्थामा खडा भएको देखिन्छ, जुन कुरा आइतबार प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ४-० ले हराएर दृढताका साथ प्रमाणित भएको थियो। यस्तोमा, क्लब अध्यक्ष जोआन लापोर्टाका सल्लाहकार, एनरिक मासिपको भनाइ अनुसार बार्सिलोना समर्थकका लागि आउँदो समरमा थप राम्रो समाचार आउन सक्छ।

एर्लिंग हालान्डमा क्याटालान्सको चासो सबैलाई राम्रोसँग थाहा नै भएको कुरा हो। त्यस्तै, पछिल्ला केहि हप्ताबाट पूर्व क्लब कप्तान लियोनल मेस्सीको फिर्ती बारे पनि चर्चा चुलिएको छ। आर्थिक सङ्कटका बाबजुद पनि मासिपका अनुसार यी दुबै ट्रान्सफर बार्सिलोनाक लागि सम्भव रहेको छ। “उनको साइनिंग गाह्रो छ, तर असम्भव छैन,” मासिपले क्याडेना कोपसँगको अन्तर्वार्तामा हालान्डको बारेमा भने, “उनलाई अनुबन्ध गर्न सक्षम हुनको लागि धेरै परिस्थितिहरू हुनुपर्दछ। मैले लापोर्टाले भनेको कुरालाई उल्लेख गर्दछु: क्लबले केही प्रमुख खेलाडीहरु अनुबन्ध गर्न गइरहेको छ, तर कोही आउनको लागि त्यहाँ केही खेलाडी जानुपर्छ।”

मेस्सीको पुनरागमनमा, मासिप अलि अस्पष्ट थिए तर यद्यपि यसलाई अस्वीकार गर्न सकेनन्। “मेस्सीको पुनरागमन? असम्भव केही छैन, तर क्लबबाट त्यस्तो कुनै इशारा गरिएको छैन,” उनले भने, “आर्थिक अवस्थाको बावजुद, क्लबले अनुबन्ध जारी राख्नका लागि सूत्रहरू हेरिरहेको छ। बार्सिलोनाले उत्कृष्टलाई अनुबन्ध गर्नुपर्छ।”

यसैबीच उनले क्लबको आर्थिक अवस्थाबारे स्पष्ट पार्दै नयाँ अध्यक्ष जोआन लापोर्टाको नेतृत्वमा बोर्डले कसरी क्लबको आर्थिक स्थितिमा सुधार गर्न सफल भएको छ भन्ने पनि बताएका छन्। उनले भने, ‘अघिल्लो बोर्डको गलत व्यवहारले क्लब ध्वस्त भएको थियो। हामीले तीन वर्षमा गर्नुपर्ने काम तीन महिनामा गरेका छौं। बार्सिलोनाको आशा फर्किएको छ। अध्यक्षका अनुसार हामीले निकै नाजुक स्थितिबाट बार्सिलोनालाई फर्काएकोमा उत्सव मनाउनु पर्छ।”

प्रकाशित : बुधबार, चैत ०९, २०७८१२:१२

पिएसजीमा वाक्क-दिक्क भए एम्बाप्पे, पोग्बालाई दिएको जवाफ सुनेर सबै चकित ! [भिडियो सहित]