हिजो एक लाख लागेको सुनको भाउ आज ह्वात्तै ओरालो लाग्यो, कति पुग्यो ?

काठमाडौँ- मंगलबार एक लाभ भन्दा माथि पुगेको सुनको भाउ आज ह्वात्तै ओरालो लागेको छ। हिजो सुनको भाउले चैत्र एक गतेपछि पहिलो पटक एक लाभ नाघेको थियो। मंगलबारको तुलनामा बुधबार भने सुनको भाउमा ११ सय रुपैयाँको ठूलो गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापवाला सुनको भाउ तोलाको ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार एक लाख ३ सय कायम भएको छापवाला सुनको भाउ आज एक हजार एक सय रुपैयाँले ओरालो लागेको हो।

त्यस्तै, बुधबार तेजाबी सुनको मूल्यमा पनि एक हजार एक सय रुपैयाँ कै गिरावट आएको छ। मंगलबार तोलाको ९९ हजार ८ सय कायम भएको तेजाबी सुनको भाउ आज ११ सयले घटेर तोलाको ९८ हजार ७ सयमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि घट्यो

सुनको भाउ घटेको दिन आज चाँदीको भाउ पनि ओरालो लागेको छ। मंगलबारको तुलनामा २५ रुपैयाँले घटेको चाँदी आज तोलाको १३ सय ७० मा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८११:५०

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट, दुई कम्पनीका लगानीकर्ता भने मालामाल !