क्रिष्टियानो रोनाल्डोले पोर्चुगलले प्लेअफको बाटो पार गर्दै विश्वकपमा आफ्नो “उचित स्थान” मा पुग्ने वाचा गरेका छन्। ३७ वर्षीय स्टार खेलाडीले करियरको सम्भवत: अन्तिम विश्वकप गुमाउने खतरा रहेको छ।

विश्वकप छनोटको समूह चरणमा सर्बिया भन्दा पछाडी परेपछि पोर्चुगल २०२२ को विश्वकपका लागि सिधै छनोट हुन सकेन। जसको कारण अब रोनाल्डो र टोलीको विश्वकप यात्रा निकै कठिन हुने देखिन्छ। युरो २०१६ को विजेता पोर्चुगलले विश्वकप खेल्नको लागि हालको युरोपेली च्याम्पियन इटालीसँग सम्भावित भिडन्तको मिति तोक्नका लागि टर्कीविरुद्धको पहिलो खेलमा जित हात पार्नु पर्नेछ।

तर हालै फिफाको सर्वकालीन कीर्तिमानी गोलकर्ता बनेका रोनाल्डोले इन्स्टाग्राममा पोष्ट गरे: “विश्वकप २०२२ मा पूर्ण लक्षित। पोर्चुगलको प्रतिनिधित्व गर्न पाउँदा सधैं गर्व छ। हामीलाई थाहा छ बाटो सजिलो हुनेछैन, हामी हाम्रा विपक्षीको समान गर्छौं, जसले हामीले समान लक्ष्य राखेका छन्। तर हामी एकजुट भएर पोर्चुगलका लागि लड्नेछौं। अब यो काम गरम।”

रोनाल्डोले समूह चरणका खेलमा पोर्चुगलका लागि सबैभन्दा बढी ६ गोल गरेका थिए। त्यस्तै, ५ पटकका ब्यालोन डी ओर विजेताले विश्वकपका ४ संस्करणमा ७ गोल गरेका छन् जुन पोर्चुगलका उच्च गोलकर्ता युसेबियो (९) भन्दा मात्र २ गोल कम रहेको छ। यदि पोर्चुगलले यस वर्षको विश्वकपमा स्थान बनाउनु छ भने यो उनीहरूको केही प्रमुख खेलाडीहरु बिना नै हुनुपर्छ। जोआओ क्यान्सेलो र रेनाटो सान्चेस दुबैले निलम्बनका कारण टर्की विरुद्धको खेल गुमाउने छन्। रुबेन डियास र नेल्सन सेमेडो चोटिल रहेका छन् भने अनुभवी डिफेन्डर पेपे कोभिड संक्रमणका कारण अनुपस्थित रहनेछन्। त्यस्तै, मिडफिल्डर रुबेन नेभेस पनि गत शुक्रबार मात्र चोटल भएका छन्।

यसपटक पोर्चुगल विश्वकपमा पुग्न असफल भएमा रियल म्याड्रिड र युभेन्टसका भूतपूर्व खेलाडी रोनाल्डोको अन्तर्राष्ट्रिय करियरबाट सन्यास लिने हल्ला पनि चल्न सुरु भएका छन्। तर, गत वर्ष रोनाल्डोलाई यस विषयमा सोध्दा आफूले खेल्न जारी राख्ने सङ्केत दिएका थिए।

