“हाजार्ड करियर कै सबैभन्दा फिट अवस्थामा छन् तर एन्सेलोटीलाई मतलब छैन”

जब इडेन हाजार्ड २०१९ को गर्मीमा रियल म्याड्रिडमा आइपुगेका थिए, कसैले कल्पना पनि गरेका थिएनन् होला कि पूर्व चेल्सी स्टार तीन वर्षपछि कार्लो एन्सेलोटीको टोलीमा बेन्च तताईरहेका हुनेछन्।

बेल्जियन स्टार खेलाडी बार्सिलोना विरुद्ध ४-० को हार बेहोरेको कालिसको खेलको ९० मिनेट नै बेन्चमा थिए, जुन उनका लागि लगातार ५ खेल थियो जब पूरा ९० मिनेट उनी बेन्चमा बसे। अन्तिम पटक हाजार्डले म्याड्रिडका लागि एक महिना अगाडी फेब्रुअरी १९ तारिखमा आलाभेस विरुद्ध मात्र ६ मिनेट खेलेका थिए।

३१ वर्षीय स्टार म्याड्रिडसँग अनुबन्ध भएदेखि ७ एल-क्लासिको खेल भए तर हाजार्डले एक खेलमा पनि चोट वा खराब लयका कारण उपस्थिति जनाउन सकेनन्। यस्तोमा गोलका अनुसार हाल हाजार्ड आफू निकै फिट अवस्थामा रहेको विश्वास गर्छन् र आइतबारको क्लासिको खेलमा एन्सेलोटीको योजनामा नपरेपछि निराश रहेका छन्।

३१ वर्षीय फरवार्डका नजिकका व्यक्तिहरूले बार्सिलोना विरुद्धको मैदानमा उत्रिन असफल भएको बारेमा भनेका छन्: “उनी साँच्चै खेल खेल्न चाहन्थे। उनी दुखी छन्। आफ्नो सम्पूर्ण करियरमा उनी अहिले जति फिट थिएनन्।”

हाजार्डले इटालियन प्रबन्धकलाई आफ्नो योग्यताको लागि मनाउन आफूले सक्दो प्रयास गरिरहेको महसुस गर्छन्, तर एन्सेलोटीले बायाँ पट्टि भिनिसियस जुनियरलाई समर्थन गर्न जारी राखेका छन् भने रोड्रिगो र मार्को एसेन्सियोले सेन्ट्रल भूमिकामा रहने करिम बेन्जेमाको दायाँका लागि प्रतिस्पर्धा गर्दै आएका छन्।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१५:३५

जाभीका निर्णय जसले बार्सिलोनालाई परिवर्तन गर्यो, युरोप कै बेस्ट मध्ये एक बनायो !