खानामा मसलाको रूपमा प्रयोग गरिने बेसारमा धेरै औषधीय गुणहरू हुन्छन्। धेरै प्रकारका वास्तु दोषहरू पनि बेसारको उपाय गरेर हटाउन सकिन्छ। यसका अलावा धन प्राप्ति, सुख, सम्बन्ध सुधार्नमा पनि बेसारको उपाय निकै प्रभावकारी हुन्छ। घरलाई नराम्रो नजरबाट जोगाउन र नकारात्मक उर्जा हटाउन पनि बेसारको उपाय निकै प्रभावकारी हुने विश्वास रहेको छ। त्यस्तै धर्म र ज्योतिषमा पनि यसको ठूलो महत्व रहेको छ। बेसारको धुलो र टुक्रा बेसारको प्रयोग पूजादेखि शुभ कार्यमा गरिन्छ।

बारम्बार मिहिनेत गरेर पनि सफलता प्राप्त भइरहेको छैन भने कुनै पनि कार्य सुरु गर्नको लागि बाहिर जाँदा गणेशजीलाई बेसारको टिका लगाउनुहोस् र त्यसपछि आफ्नो निधारमा पनि बेसारको तिलक लगाउनुहोस्। अवश्य सफलता मिल्नेछ। यस्ता शुभ तथा महत्वपूर्ण कार्यका लागि बिहीबार रोज्नु राम्रो हुनेछ।

यदि तपाईंलाई प्रायः दुःस्वप्न आउँछ भने, आफ्नो ओछ्यानमा वा सिरानीमुनि बेसारको टुक्रा राख्नुहोस्, यस्ता समस्या हट्नेछ। यदि तपाईं बारम्बार बिरामी हुनुहुन्छ भने, तपाईंले आफ्नो घाँटीमा बेसारको माला लगाउन सक्नुहुन्छ। यसले स्वास्थ्यलाई बलियो बनाउँछ। घरबाट वास्तु दोष हटाउन बेसार मिसाएको पानी नियमित १५ दिनसम्म घरमा छर्क्नुहोस्। हप्तामा एक पटक यो उपाय गर्नाले घरको नकारात्मकता हट्छ। औंशीको दिन घरको हरेक कुना सफा गरेपछि बेसारको टुक्रा राख्नुहोस्। यसो गर्दा घरको नकारात्मकता हट्छ।

बेसार मिश्रण शरीरमा लगाउने वा नुहाउने पानीमा बेसार मिसाएर नुहाउँदा दाम्पत्य जीवनमा सुख र प्रेम बढ्छ।

