वर्षको चौथो महिना अप्रिल सुरु हुन अब केही दिन मात्रै बाँकी छ। यो महिना निकै विशेष रहनेछ। किनभने यो महिना धेरै ठूला ग्रहहरूले आफ्नो राशि परिवर्तन गरिरहेका छन्। साढे दुई वर्षपछि सन् २०२२ को अप्रिलमा शनिले आफ्नो राशि परिवर्तन गर्नेछ। यससँगै राहु–केतुको राशि परिवर्तन पनि यही महिनामा हुनेछ। यससँगै अप्रिलको अन्त्यमा सूर्यग्रहण (सूर्यग्रहण २०२२) पनि लाग्ने भएको छ। यो सन् २०२२ को पहिलो ग्रहण हुनेछ। जान्नुहोस् कुन २ राशिका लागि यो महिना निकै विशेष रहनेछ।
यी दुई राशिका व्यक्तिहरूले आफ्नो करियरमा सुनौलो सफलता प्राप्त गर्नेछन्
मिथुन र वृश्चिक राशिका लागि करियरमा लाभ मिल्ने सम्भावना छ। तपाईंको आर्थिक स्थिति बलियो हुनेछ। आम्दानीमा उल्लेख्य वृद्धि हुने सम्भावना छ। यो समयमा तपाईं भविष्यका लागि पैसा बचत गर्न सक्षम हुनुहुनेछ। यदि कुनै क्षेत्रमा लगानी गर्ने योजना छ भने समय शुभ देखिन्छ। व्यापार व्यावसायमा राम्रो लाभ हुनसक्छ। कतै रोकिएको धन प्राप्त हुने सम्भावना पनि छ। कार्यस्थलमा तपाईंको कामको उच्च प्रशंसा हुनेछ।
आर्थिक स्थिति रहनेछ निकै मजबूत
पैतृक सम्पत्तिबाट लाभ मिल्ने प्रबल सम्भावना रहेको छ। धन सम्पतिमा अत्याधिक वृद्धि हुनेछ। पुरानो लगानीबाट पनि राम्रो नाफा कमाउन सकिनेछ। अप्रिल महिनामा मिथुन र वृश्चिक राशिका व्यक्तिहरूमाथि माता लक्ष्मीको विशेष कृपा रहनेछ। यो महिना धन र खाद्यान्नको अभाव हुनेछैन।
प्रेम तथा दाम्पत्य जीवन
मिथुन र वृश्चिक राशिका व्यक्तिहरुका लागि प्रेम सम्बन्धको हिसाबले पनि यो महिना विशेष रहनेछ। प्रेम समबन्ध अझ बलियो हुनेछ। सम्बन्धमा एकअर्काप्रति विश्वास बढ्नेछ। विवाहितहरूका लागि पनि समय अनुकूल देखिन्छ। जीवनसाथीसँग रमणीय यात्राको योग रहेको छ।

