काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको चौंथो दिन बुधबार घटेको सुनको मूल्य आज बिहिबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा १ हजार १ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ३ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि १ हजार १ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजर ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैंयाँमा कारोबार भइरहेको छ।

