पोर्चुगलले बिहीबार पोर्टोको एस्टाडियो डो ड्रागाओमा २०२२ फिफा विश्वकपको लागि युरोपेली प्ले-अफको पाथ सी सेमिफाइनल भिडन्तमा टर्कीको सामना गर्दैछ।

फर्नान्डो सान्तोसको टोली क्वालिफायरको समूह ए मा सर्बियासँग पछि पर्दै दोस्रो स्थानमा रह्यो, जबकि टर्की समूह जी को उपविजेता बनेको थियो। जसको कारण, यी दुई टोलीले अब कठिन प्लेअफ मार्ग पार गर्दै विश्वकपको यात्रा तय गर्नुपर्नेछ।
पोर्चुगल विरुद्ध टर्की कति बजे सुरु हुन्छ?
खेल: पोर्चुगल भर्सेस टर्की
मिति: शुक्रबार, मार्च २५
समय: १:३० नेपली समय
कसरी हेर्ने त प्रत्यक्ष प्रशारण ?
नेपाल, भारत लगायतका दक्षिण एशियाली क्षेत्रमा Sony Pictures Sports Network (SPSN) सँग २०२२ फिफा विश्वकप खेलका लागि युरोपेली क्वालिफायरहरू देखाउने अधिकार रहेको छ। यस्तोमा, नेपालमा पोर्चिगल र टर्की बीचको खेल सोनी टेन २ च्यानलमा हेर्न सकिनेछ।
पोर्चुगल बनाम टर्की: टोलीको अपडेट
रुबेन डियास घाइते भएका र जोआओ क्यान्सेलो निलम्बित भएसँगै, पेपेले कोभिड-१९ का लागि सकारात्मक परीक्षण हुँदा पोर्चुगलको ब्याकलाइन थप कमजोर देखिएको छ। चोटका कारण सान्तोसले मिडफिल्डर रुबेन नेभेस र गोलकिपर एन्थोनी लोपेजलाई पनि गुमाउने छन्। रेनाटो सान्चेस पनि घाइते छन्, यद्यपि निलम्बनले उनलाई यस खेलबाट जसरी पनि बाहिर राख्ने थियो।
टर्कीका डिफेन्डर मेर्ट मुल्दुर प्रतिबन्धपछि यस खेलबाट फर्कने तयारीमा छन्। अनुभवी स्ट्राइकर बुराक यिलमाज लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् तर स्टेफान कुन्ट्जले आक्रमणमा आफ्नो विकल्पहरू खोज्ने आशा गर्न सकिन्छ।

