लिभरपुल सम्झिँदै काउटिन्होले भने-“निकै राम्रो कथा छ, बार्सामा खै के मिलेन..के”

लिभरपुलका पूर्व मिडफिल्डर फिलिप काउटिन्होले एनफिल्डमा आफ्नो समय सुन्दर रहेको खुलासा गरेका छन् र आफ्नो बार्सिलोना करियर योजना अनुसार नगएको स्वीकार गरेका छन्।

२९ वर्षीय ब्राजिलियन स्टारले रेड्ससँग बिताएका ५ सिजनमा आफूलाई प्रिमियर लिग कै उत्कृष्ट खेलाडी मध्येमा स्थापित गर्न सफल भएका थिए। एनफिल्डको मैदानमा गरेको उनको प्रदर्शनले विश्व फुटबलको ध्यान केन्द्रित गरेको थियो। उनले अन्ततः २०१८ मा बार्सिलोनामा १४२ मिलियनको मेगा ट्रान्सफर पूरा गरे।

तर स्पेनमा पूर्व इन्टर मिलान स्टारको चमक लगातारको निराशपूर्ण प्रदर्शनका कारण फिक्का हुँदै गयो। ब्राजिल अन्तर्राष्ट्रियले लिभरपुलसँगको आफ्नो समयको बारेमा ग्लोबोसँग कुरा गर्दै भने: “शारीरिक रूपमा फिट नभई इङ्ल्यान्डमा खेल्न सकिन्न। मसँग लिभरपुलमा एउटा सुन्दर कथा छ, म त्यहाँ खुसी थिएँ, अब म एस्टन भिल्लामा कथा लेख्न थालेको छु। इटाली, स्पेन र जर्मनीमा खेलेजस्तै इंग्ल्याण्डमा फेरि पनि राम्रो खेल्न पाएकोमा म खुसी छु।”

उनले बार्सिलोनामा आफ्नो करियरको बारेमा पनि कुरा गरे र भने: “बार्सिलोनामा के कुरा मिलेन भन्न गाह्रो छ, केही हदसम्म चोट पनि भन्न सकिन्छ। त्यहाँ मैले राम्रो समय बिताएँ, तर केही कुरा फरक हुन सक्थ्यो।”

ब्राजिलियनले थपे: “यो अगाडि बढ्ने समय थियो, सधैं ठूलो सम्मान र व्यावसायिकता साथ। म मेरो काममा विश्वास गरेकोमा बार्सिलोनाप्रति आभारी छु र ठूलो इतिहास भएको क्लबको रक्षा गरेकोमा कृतज्ञ छु।”

प्रकाशित : बिहिबार, चैत १०, २०७८१५:४५

अबको केही समय मै नेपालले थाइल्यान्डको सामना गर्दै, कसले मार्ला बाजी ?