अभिनेता पल शाहले नाबालि माथि जबर्जस्ति करणी गरेको आरोपमा अहिले जिल्ला अदालत तनहुँमा सुनुवाई हुने क्रम जारी रहेको छ। पल माथि १४ वर्षसम्म जेल सजायको माग गर्दै जिल्ला अदालत तनहुँमा केही प्रमाण सहित उजुरी परेपछि हाल छलफल जारी रहेको छ।
यसैबीच पल माथि बलात्कारको आरोप लगाउने पीडित किशोरीले अभिनेता पल शाहले आफूलाई मध्यरातमा कोठामा आएर बलात्कार गरेको बयान दिएकी छिन्। जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा दायर गरेको अभियोगपत्रमा किशोरीले आफूलाई शाहले राति १२ बजे कोठामा आएर बलात्कार गरेको बयान दिएकी हुन्।
संरक्षकको रोहवरमा नाबालिकाले दिएको बयानमा तनहुँ दुलेगौडास्थित प्रदीप थापा भनिनेको घरमा छुट्टाछुट्टै कोठामा सुतेको अवस्थामा पलले आफूलाई “म तिम्रो कोठामा आउँछु” भनि म्यासेज गरेपछि आफू सुतेको कोठामा आई विवाह गर्ने झुठो आश्वासन दिलाएर बलात्कार गरेको उनले बताएकी छिन्।
उक्त नाबालिकाले दिएको बयान अनुसार आफूले नमान्दा नमान्दै पनि अभियुक्तले तलको कपडा खोलेर जबर्जस्ति करणी गरी वीर्य स्खलन गराएका थिए। त्यस्तै, २०७७ साल पुस १० गते पोखरास्थित प्राइम होटलमा र चैत ७ गते गैडाकोटस्थित रिसोर्टमा पनि करणी गरेको उनको बयानमा उल्लेख गरिएको छ।