नेयमार पिएसजीबाट आउट ? यी पाँचले लिन सक्छन् पिएसजीमा उनको ठाउँ !

एजेन्सी – ब्राजिलियन सुपरस्टार नेयमार अहिले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा पाँचौ सिजन बिताइरहेका छन्। पाँचौ सिजन सम्म आइपुग्दा नेयमारको प्रदर्शन लगातार खस्किरहेको छ। नेयमार पिएसजीमा आलोचित पनि भइरहेका छन्। विभिन्न संचार माध्यमहरुमा आएका खबरलाई मान्ने हो भने आउने ट्रान्सफर विन्डोमा नेयमारले पिएसजी छाड्न सक्छन्।

नेयमारले समर ट्रान्सफर विन्डोमा पिएसजी छाड्ने सक्ने पत्रकार रोमेन मोलिनाकाको दावी छ। नेयमारमा प्रिमियर लिग क्लब न्यू क्यासलको नजर रहेको बताइन्छ। उचित प्रस्ताव मिलेको खण्डमा नेयमार आउने सिजन प्रिमियर लिगमा हुन सक्ने बताइन्छ। नेयमारले पिएसजी छाड्ने चर्चा चलिरहँदा पिएसजीमा उनको स्थान कसले लिन्छन् भन्ने बारे आज हामी यहाँ चर्चा गर्दैछौँ।

पाउलो डिबाला

डिबालाले यस सिजनको अन्त्यसँगै युभेन्टस छाड्ने पक्का भइसकेको छ। युभेन्टस र डिबाला बीच सम्झौता थप गर्ने बारे सहमति हुन सकेको छैन।डिबाला फ्री ट्रान्सफरमा उपलब्ध हुने हुँदा पिएसजीले उनलाई भित्र्याउन चाहन सक्छ। पिएसजीमा उनले नेयमारको स्थान लिन सक्छन्।

उसमान डेम्बेले

डेम्बेले सम्भवतः अहिले बार्सिलोनामा अन्तिम सिजन बिताइरहेका छन्। उनले अहिले सम्म बार्सिलोनाको तर्फबाट भएका कुनै पनि प्रस्तावलाई स्वीकार गरेका छैनन्। जसकारण उनले क्लब छाड्ने उच्च सम्भावना देखिन्छ। डिबाला जस्तै फ्री ट्रान्सफरमा उपलब्ध हुने डेम्बेले माथि पिएसजीको नजर रहेको छ। नेयमारले क्लब छाडेको खण्डमा पिएसजीका लागि डेम्बेले धेरै काम लाग्नेछन्।

क्रिस्टोफर एनकुन्कु

आरबी लाइप्जीङमा एनकुन्कु जारी सिजनमा धेरै राम्रो गरिरहेका छन्। एनकुन्कुले लाइप्जीङको आक्रमणले राम्रो गति दिरहेका छन्। बुन्डेसलिगाको जारी सिजनमा १५ गोल गर्दै ९ असिस्ट दिएका एनकुन्कु पिएसजीका लागि महत्वपूर्ण हुन सक्छन्। सन् २०१९ मा लाइप्जीङ जानु अगाडी उनले चार सिजन पिएसजीमा बिताएका थिए। पिएसजीले एनकुन्कुलाई नेयमारको विकल्पको रुपमा आउने समरमा भित्र्याउन सक्छ।

ह्युङ मिन सन

सन् २०१५-१६ को सिजनमा टोटेनह्याम हटस्पर आएयता सनले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्। त्यसयता उनी टोटेनह्यामका लागि लगातार गोल गरिरहेका छन्। नेयमारले क्लब छाड्न चाहेको खण्डमा पिएसजीले सनलाई उनको स्थानमा ल्याउन सक्छ। गोलमा धेरै घातक रहेका सनको आगमनले पिएसजीलाई पक्कै बलियो बनाउन सक्छ।

रहिम स्टर्लिङ

रहिम स्टर्लिङले गत समरमा म्यानचेस्टर सिटी छाड्ने हल्ला चलेको थियो। तर विभिन्न कारणहरुले गर्दा सम्भव भएन। तर आउने समरमा भने उनले सिटी छाड्ने उच्च सम्भावना रहेको छ। यस्तोमा पिएसजीले स्टर्लिङलाई नेयमारको स्थानमा ल्याउन सक्छ।

प्रकाशित : बिहिबार, चैत १०, २०७८१६:४०

चोट र प्रतिबन्धको चपेटामा पोर्चुगल, अधुरै रहन सक्छ रोनाल्डोको सपना !