पेड्रीले भने – “रियलले रिजेक्ट गरेपनि अहिले सहि ठाउँमा छु”

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका युवा स्टार पेड्रीले किशोरावस्थामा आफू ट्रायलको लागि रियल म्याड्रिड गएको खुलासा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा पेड्रीले ट्रायलका लागि रियल गएको खुलासा गरेका हुन्।

स्पेनिस मिडिया कोपलाई अन्तवार्ता दिँदै पेड्रीले रियलका लागि आफूले ट्रायल दिएको र त्यहाँ रिजेक्ट भएको बताए। पेड्रीका अनुसार त्यसबेला उनले हिउँमा ट्रेन गर्न परेको थियो। हिउँ परेका कारण आफूले त्यसबेला राम्रोसँग खेल्न नसकेको पेड्रीको भनाई छ।

“म ट्रायलको लागि रियल म्याड्रिड गएको थिएँ। केहि दिन मैले त्यहाँ राम्रोसँग खेल्न सकिन, किनकि त्यहाँ हिउँ परिरहेको थियो। मैले त्यहाँ तीन दिनको तालिम लिएको थिएँ।”,पेड्रीले रियलमा ट्रायल दिएको पललाई स्मरण गर्दै भने।

केहि देखि ट्रेन गरेपछि आफूलाई रिजेक्ट गरिएको पेड्रीले सम्झिए। रियलको टीम ‘बि’सँग केहि समय खेल्न लगाएर आफूलाई रिजेत गरिएको पेड्रीले बताए। उनले भने,”उनीहरूले मलाई बी टोलीसँग तालिमको लागि पठाए र पछि रिजेक्ट गरे। अन्त्यमा उनीहरुले मलाई तिमी यहाँ खेल्ने स्तरको छैनौ भनेर निकालिदिए।”

रियलमा रिजेक्ट हुँदा धेरै नमज्जा लागेपछि पछि त्यहि कूराले आफूलाई अगाडी बढ्न प्रेरित गरेको बताउन पनि पेड्रीले छुटाएनन्। रियलमा रिजेक्ट भएपछि गरेको मिहिनेतले नै अहिले आफू बार्सिलोनामा रहेको पेड्रीको भनाई छ।

“रिजेक्ट हुँदा त जसलाई पनि नराम्रो लाग्छ नि, तर त्यसैले नै अगाडी बढ्न प्रेरित गर्छ। अहिले म हुन चाहने ठाउँमा छु।”,पेड्रीले भने।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१५:११

जाभीको मोहमा फस्दै फुटबल जगत, लिभरपुललाई लात हानेर बार्सिलोना रोजे यी स्टारले !