पपुवा न्युगिनी विरुद्ध रोहितको सानदार शतक !

काठमाडौं – युवा ब्याटर रोहित पौडेलले पपुवा न्युगिनीसँगको पहिलो ओडिआई खेलमा सानदार शतक प्रहार गरेका छन् । रोहितले ९१ बलमा आफ्नो करिअरकै पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् ।

२ सय ९३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले ३९.५ ओभरमा ५ विकेट गुमाउँदै २ सय ६ रन बनाएको छ । रोहित ९१ बलमा ७ चौका र २ छक्कासहित १ सय रनमा अविजित छन् । रोहित नेपालबाट ओडिआईमा शतक प्रहार गर्ने दोस्रो खेलाडी हुन् । यसअघि २०१९ मा पारस खड्काले युएईविरुद्ध तेस्रो ओडिआई खेलमा १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए ।

पाँचौं विकेटका लागि आरिफ र रोहितले १ सय ४ रनको शतकीय साझेदारी गरे । जुन ओडिआईमा नेपालको कुनैपनि विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो । यसअघि पपुवा न्युगिनीसँग पहिलो ओडिआई खेलमा पाँचौं विकेटका लागिनै १ सय रनको शतकीय साझेदारी गरेका थिए । आरिफ असाद भालाको बलमा ६४ बलमा २ चौकासहित ३४ रनमा कट एण्ड बोल्ड आउट भए ।

ओपनर अनिल शाह र कुशल भुर्तेलले पहिलो विकेटका लागि ७.३ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर नर्मन भानुआले सेसे बाउटबाट अनिललाई ६ रनमा क्याच आउट गराए । लगत्तै नवौं ओभरको अन्तिम बलमा डेब्यू खेल खेलेका देव खनाल शून्यमा क्याच आउट भए ।

नोसिना पोकनाको बलमा ठूलो सट खेल्ने धुनमा मिडअनमा देव हिरि हिरीबाट क्याच आउट भए । १० औं ओभरको पहिलो बलमा भानुआले भुर्तेललाई ३२ रनमा बोल्ड आउट गरेपछि नेपालले खराब सुरुवात गरेको छ । भुर्तेल २८ बलमा ६ चौका प्रहार गरे । मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरी स्पिनर चाल्र्स अमिनीको स्वलो बलमा कभरमा जेसन किलाबाट १५ रनमा क्याच आउट भए ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८१६:२७

विश्वकपबाट बाहिरिएपछि जोर्गिन्होले रुँदै भने-“मलाई पेनाल्टी मिसले जीवनभर सताउनेछ”