हिन्दु शास्त्रमा हरेक कुराका लागि विशेष नियमको बरेमा बताइएको छ। ती नियमहरूको पालना गर्नाले परिवार र जीवनमा सुख शान्ति कायम रहने जनविश्वास रहेको छ। यसबाहेक भगवानको आशीर्वाद पनि प्राप्त हुन्छ। यस्तो अवस्थामा साँझको समयमा कुन–कुन काम गर्नु हुँदैन भन्ने बारेमा जानौं…
ढोका बन्द गर्नु हुँदैन
घरको ढोका साँझमा विशेष गरी सूर्यास्तको समयमा खुला हुनुपर्छ। यसका साथै घरको मुख्य ढोका पनि बन्द गर्नु हुँदैन। साँझ घरमा लक्ष्मी प्रवेश गर्ने विश्वास रहेको छ। त्यसैले सूर्यास्त हुँदा ढोका खुल्ला राख्नुपर्छ। यसो गर्नाले घरमा लक्ष्मीको आगमन भई परिवारमा समृद्धि आउने विश्वास गरिन्छ।
लसुन-प्याज
साँझको समयमा भुलेर पनि लसुन प्याज कसैलाई दिनु हुँदैन। साथै साँझमा कसैले दिएको लसुन-प्याज लिनु पनि हुँदैन। यसो गर्नाले घरमा नकारात्मक शक्तिहरु बस्न थाल्छ भन्ने विश्वास गरिन्छ। यसबाहेक साँझपख यी चीजहरुलाई घर बाहिर निकाल्नु पनि अशुभ हुन्छ। यसो गर्दा घरका सदस्यहरूबीचको आपसी समन्वयमा कमी आउँछ।
भोजन गर्नु हुँदैन
साँझको समयमा भोजन गर्न निषेध गरिएको छ। महाभारतमा पनि सूर्यास्तको समयमा खाना खाँदा आयु घट्ने उल्लेख छ। साथै, स्वास्थ्यमा पनि प्रतिकूल असर पर्छ। यसका साथै यस समयमा खाना खाँदा दिमाग-मस्तिष्क र पाचन प्रक्रियामा प्रत्यक्ष असर पर्छ। यसका साथसाथै धनको हानि हुन्छ र घरमा गरिबी आउँछ।
तुलसीलाई छुनु हुँदैन
शास्त्रीय मान्यता अनुसार साँझको समयमा तुलसीलाई छुनु हुँदैन। वास्तवमा तुलसीलाई राधा-रानीको रूप मानिन्छ। सूर्यास्तको समयमा तुलसीजी लीला गर्न जान्छन्, त्यसैले त्यसबेला तुलसी छुनु अपराध मानिन्छ। यस समयमा तुलसीलाई नछोइकन दियो जलाउनु पर्छ।

