अप्रिल महिना धेरै विशेष रहनेछ। किनभने यो महिना शनि राशि परिवर्तन, राहु-केतु राशि परिवर्तन, गुरु राशि परिवर्तन र शुक्र राशि परिवर्तन हुँदैछ। यसका साथै यसै महिना सूर्यग्रहण पनि लाग्ने भएको छ। नवरात्रि पर्व पनि यही महिनामा पर्नेछ। जान्नुहोस् कुन राशिका लागि यो महिना खुसीले भरिपूर्ण साबित हुनेछ।
मेष राशि

अप्रिल महिना तपाईंको आर्थिक अवस्थाको हिसाबले विशेष रहनेछ। काममा राम्रै फाइदा हुने सम्भावना छ। लगानीबाट मनग्य आम्दानी गर्न सकिनेछ। व्यापार व्यावसायमा राम्रो नाफा कमाउन सकिनेछ। कतैबाट अचानक धन प्राप्ति हुनसक्छ। धन बचत गर्न सफल हुनुहुनेछ। नयाँ क्षेत्रमा लगानी गर्ने अवसर पनि मिल्नेछ।
वृष राशि

कार्यक्षेत्रमा ठूलो सफलता मिल्ने सम्भावना छ। पदोन्नतिको अवसर खुल्नेछ। तलब वृद्धिको प्रबल सम्भावना छ। तपाईंलाई नयाँ कामको प्रस्ताव पनि प्राप्त हुन सक्छ। व्यापार व्यावसाय गर्नेलाई पनि फाइदा हुनेछ। व्यापार व्यवसायमा प्रगतिको सम्भावना छ। मनग्य धन लाभ मिल्ने सम्भावना उच्च रहेको छ।
सिंह राशि

नोकरीमा पदोन्नति मिल्नेछ। कार्यक्षेत्रमा उच्च मान-सम्मान मिल्नेछ। जागिर खोज्नेहरुको मनोकामना पुरा हुनेछ। विदेश जान चाहनेहरुको सपना पुरा हुनसक्छ। व्यापार व्यवसायीहरुले राम्रो प्रतिफल पाउनेछन्। नयाँ कामको थालनी गर्न सकिनेछ। नयाँ कामको प्रस्ताव पनि प्राप्त गर्न सकिनेछ। तलबमा उल्लेख्य वृद्धि हुने सम्भावना छ।
तुला राशि

व्यापार व्यवसायमा सफलता मिल्नेछ। आम्दानीमा राम्रो वृद्धि हुने सम्भावना छ। रोजगारीमा पनि प्रगति हुनेछ र धनलाभको सम्भावना छ। तपाईं पैसा बचत गर्न सक्षम हुनुहुनेछ। सरकारी क्षेत्रमा धेरै व्यक्तिको पदोन्नतिको सम्भावना छ। आर्थिक पक्ष बलियो रहनेछ। धन आर्जनको नयाँ बाटो खुल्नेछ।

