एम्बाप्पे भित्र्याउने दौडमा बार्सिलोनाको ‘इन्ट्री’, तर रियल ढुक्क !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे भित्र्याउने दौडमा क्याटलान क्लब बार्सिलोना पनि मिसिएको चर्चा शुरु भएको छ। एम्बाप्पे भित्र्याउने दौडमा अहिले बार्सिलोना पनि मिसिएको दावी स्पेनिस मिडियाहरुले गरेका हुन्।

यस अगाडी एर्लिङ हालाण्ड भित्र्याउने सोच सहित अगाडी बढिरहेको बार्सिलोनाले एकाएक एम्बाप्पे तर्फ ध्यान मोडेको स्पेनिस मिडियाहरुको दावी छ। पूरा पुष्टि नभएपनि यस खबरले फुटबल जगतमा खैला-बैला मच्चाइदिएको छ। एम्बाप्पे भित्र्याउने दौडमा बार्सिलोना पनि मिसिएको खबर पेरिस सेन्ट जर्मेन(पिएसजी)बाट बाहिरिएको स्पेनिस मिडियाहरु बताउँछन्।

एम्बाप्पेमा बार्सिलोनाले चासो देखाएपनि त्यसले खासै प्रभाव नपार्ने रियल म्याड्रिडका अधिकारीहरुको बुझाई रहेको छ। एम्बाप्पे आफैं रियल म्याड्रिड आउन चाहेका कारण बार्सिलोनाको प्रयासले मात्र केहि नहुने रियलका अधिकारीहरुको निष्कर्ष छ।

एम्बाप्पेको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदैछ। पिएसजीले एम्बाप्पेलाई सम्झौता थप गर्नको लागि लगातार दबाव दिरहेको छ। पिएसजीको तर्फबाट भएका कुनै पनि प्रस्ताव एम्बाप्पेले स्विकार गरिरहेका छैनन्।

पिएसजीका सबै प्रस्ताव अस्विकार गरेका कारण उनले पिएसजी छाड्ने सम्भावना उच्च छ। पिएसजी छाडेको खण्डमा उनी रियल भन्दा अन्यत्र जाने सम्भावना धेरै नै न्यून देखिन्छ।

प्रकाशित : शुक्रबार, चैत ११, २०७८२१:५४

विश्वकप छनोटमा अर्जेन्टिनाको सानदार जित !