हवल्दार हुँ भन्दै सुनचाँदी लिएर भागेपछि …

काठमाडौँ – नक्कली प्रहरी बनेर लुटपाट गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नक्कली प्रहरी बनेर सुनचाँदी लुटपाट गरेको आरोपमा एक जनालाई प्रहरीले बर्दिबासबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बर्दिबास वडा नम्बर १ बस्ने ३४ वर्षीय मनोज ठाकुर रहेका छन्। इलाका प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको बताइएको छ।

के हो घटना ?

चैत ८ मा बर्दिबासका सुनचाँदी पसलहरूले गहना बनाउनको लागि सुनचाँदी झापा पठाएका थिए। सुनचाँदी लिन झापाको पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्सका कर्मचारी नै आएका थिए। हायस गाडीमा उक्त सुनचाँदी लैजाँदै गर्दा एक व्यक्तिले सो गाडी रोके। रोक्ने व्यक्ति ठाकुर थिए। उनले आफूलाई हवल्दार बताएर सुनचाँदी नियन्त्रणमा लिए।

पाथिभरा ज्वेलर्सका कर्मचारीलाई उनले आफ्नो साहुलाई प्रहरी कार्यालय पठाइदिन भनेका थिए। सुनचाँदी मोरङको बेलबारी नगरपालिका वडा न. ४ सिमसार क्षेत्रबाट लुटिएको थियो। कागजातसहित सुनचाँदी प्रहरीले नै नियन्त्रण लिएको होला भन्दै बेलबारी प्रहरी कार्यालय पुग्दा मात्र सुनचाँदी लुटिएको थाहा भयो।

पाथिभरा ज्वेलर्सका कर्मचारीको बयानका आधारमा अनुसन्धान गर्दा ठाकुरको घरमा १२ केजी ८८२ ग्राम सुनचाँदी बरामद भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ।

प्रकाशित : शनिबार, चैत १२, २०७८१०:३८

सञ्चारमन्त्रीले भने – ‘एमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न नलागौं’