बेन्फिकालाई कम्जोर नआँक्न लिभरपुललाई चेतावनी !

एजेन्सी – लिभरपुलका लेजेण्ड इयान रशले युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलका प्रतिद्वन्द्वी बेन्फिकालाई हल्का रूपमा लिन नहुने बताएका छन्। एक मिडियाका लागि स्तम्भ लेख्दै रशले बेन्फिकालाई हल्का रयूप्मा लिएर गल्ती नगर्न लिभरपुललाई चेतावनी दिएका हुन्।

च्याम्पियन्स लिगको अन्तिम १६ मा आयक्स जस्तो बलियो टोलीलाई पाखा लगाएर क्वाटरफाइनलमा आइपुगेको बेन्फिकालाई कुनै पनि हालतमा कम्जोर आँक्न नहुने रशको भनाई छ। बेन्फिकालाई उनले पोर्चुगिज लिभरपुलको संज्ञा समेत दिए।

“लिभरपुलले च्याम्पियन्स लिगमा चाहेकै प्रतिद्वन्दी पायो। तर अन्तिम १६ मा आयक्स जस्तो राम्रो टोलीलाई पाखा लगाएर क्वाटरफाइनल आइपुगेको बेन्फिकालाई कम्जोर आँक्न हुँदैन। बेन्फिका ‘पोर्चुगिज लिभरपुल’ हो। उनीहरु धेरै प्रसिद्ध छन्। साथै उनीहरुसँग यस अगाडी युरोपियन प्रतियोगिताहरु जितेको अनुभव छ।”,रशले आफ्नो स्तम्भमा लेखेका छन्।

घरेलु लिगमा खासै राम्रो गर्न नसकेपनि युरोपियन प्रतियोगितामा भने बेन्फिकाले राम्रो गरिरहेको आफ्नो स्तम्भमा उल्लेख गरेका छन्। लिभरपुलले सन् २००५ मा घरेलु लिगमा कम्जोर प्रदर्शन गरेर पनि च्याम्पियन्स लिग जितेजस्तै बेन्फिकाले च्याम्पियन्स लिगमा राम्रो गर्न सक्ने रशको भनाई छ।

उनले भने,”लिभरपुल सेमिफाइनल पुग्ने आशा छ। तर उनीहरुले बेन्फिकासँग गम्भीर भएर खेल्नुपर्ने छ। युरोपियन प्रतियोगिताहरुमा के हुन्छ भन्ने ठेगान हुँदैन भन्ने कुरालाई उनीहरुले बिर्सनु हुँदैन।”

प्रकाशित : आइतबार, चैत १३, २०७८१६:३९

युनाइटेडको खराब सिजनको कारण रोनाल्डोलाई भयो ८० करोड भन्दा बढीको घाटा !