रियलका टार्गेट माथि बार्सिलोनाको नजर, हाइज्याक गर्ने योजना !

एजेन्सी – रियल म्याड्रिडले यहि समरमा भित्र्याउने तयारी गरिरहेको एक खेलाडी माथि नजर रहेको खुलासा भएको छ। विभिन्न स्पेनिस मिडियाहरुले रियलका टार्गेट रियाद महारेजमा रुचि राखेको बताएका हुन्।

स्पेनिस मिडियाहरुका अनुसार रियलले महारेजले यहि समरमा भित्र्याउने तयारी गरिरहेको छ। तर महारेजलाई भित्र्याउने दौडमा बार्सिलोना पनि मिसिन लागेको बताइन्छ।

सन् २०२३ मा सम्झौता सकिँदै गरेका महारेजले म्यानचेस्टर सिटी छाड्ने उच्च सम्भावना रहेको छ। सिटीको तर्फबाट सम्झौता थपका लागि उनलाई उनलाई पनि प्रस्ताव गरेको छैन। यस्तो अवस्थामा उनी नयाँ क्लबमा जान सक्छन्।

फुट मर्काटोका अनुसार बार्सिलोनाले समर ट्रान्सफर विन्डोमा महारेजलाई भित्र्याउने प्रयास गर्न सक्छ। फ्रेन्च विङ्गर उस्मान डेम्बेले क्लब छाड्न सक्ने हुँदा उनको स्थान लिने खेलाडीहरु बार्सिलोनाले खोजिरहेको छ। डेम्बेलेको विकल्प महारेज हुन सक्ने विषयमा बार्सिलोनाका अधिकारीहरुले छलफल गरिरहेको फुट मर्काटोले जनाएको छ।

बार्सिलोनाका प्रतिनिधिहरुले महारेज र उनका एजेन्टलाई समेत सम्पर्क गरिसकेको छ। बार्सिलोनाले त्यसबेला विभिन्न पक्षहरु बारे महारेजलाई स्पष्ट पारेको बताइन्छ।

महारेज लेस्टर सिटीमा खेल्दा चर्चामा आएका थिए। सन् २०१५-२०१६को सिजनमा लेस्टर सिटीले प्रिमियर लिग जित्दा महारेजले महत्वपूर्ण भूमिका निभाएका थिए। त्यसबेला उनले पिएफए फ्यान प्लेयर अफ द इयर अवार्ड जितेका थिए।

प्रकाशित : आइतबार, चैत १३, २०७८१६:०१

“विश्वकप जित्ने उदेश्यका साथ पीएसजीमा छुट्टी मनाउँदै मेस्सी” भन्न थाले समर्थक !