कांग्रेसमा किचलो, देउवा–शेखर मञ्चमै जुहारी !

काठमाडौं । आगामी निर्वाचनमा सत्ता गठबन्धनबीच चुनावी तालमेल गरेर जाने कि एक्लै निर्वाचनमा होमिने भन्ने विषय नेपाली कांग्रेसभित्र पेचिलो बन्दै गएको छ ।

कांग्रेसको संस्थापन पक्ष स्थानीय, प्रदेश र केन्द्रीय तह र सत्ता गठबन्धन दल चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर कसैसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा होमिनुपर्ने पक्षमा छ । यो विषयमा कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पनि पक्ष–विपक्षमा बहस जारी छ ।

केन्द्रीय समितिमा नै तालमेलका विषयमा बहस जारी रहँदा शनिबार एकै मञ्चमा सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच घोचपेच भएको हो । राजधानीमा बीपी स्मृति सामुदायिक अस्पतालको १४औं वार्षिक साधारणसभालाई शनिबार दुवै नेताले सम्बोधन गरेका हुन् ।

सबैभन्दा पहिला पार्टीलाई आन्तरिक रूपमा मजबुत र एकजुट बनाउनुपर्छ, त्यसो गर्न सके कांग्रेस बलियो हुन्छ, यसलाई लत्याएर गठबन्धन गठबन्धन भनिरहनु हुन्न

एमाले र माओवादी फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा नेपाली कांग्रेसको पनि कांग्रेस आईको हालत नहोला भन्न सकिन्न, गत १० वर्षमा भारतमा कांग्रेस आई गठबन्धन गर्दागर्दै चारैतिर कमजोर भएको छ, यसलाई बुझ्नुपर्छ
शेखर कोइराला

एमाले र माओवादी फुटिहाले, अब हामी जितिहाल्छौं भन्दा फेरि मिलिदिए भने के हुन्छ ? मिल्न दिने भए मिल्न दिऊँ, सभापतिको चाहना सबै नेताले जितोस् भन्ने नै हुन्छ
प्रचण्ड कमजोर हुने र हार्ने ठाउँमा लड्दैनन्, जहाँ सजिलो हुन्छ, त्यही मिलिदिन्छन्
शेरबहादुर देउवा

प्रधानमन्त्री समेत रहेका सभापति देउवाभन्दा अघि बोलेका कोइरालाले पार्टीभित्रका गुट उपगुटलाई मिलाएर चुनावमा अघि बढ्दा निर्वाचन परिणाम सजिलै पार्टीको पक्षमा रहने अवस्था भएकाले कसैसँग तालमेल गर्नु आवश्यक नभएको भन्दै पार्टीलाई एक ढिक्का बनाउनेतर्फ ध्यान दिन सभापतिलाई व्यंग्य गरे ।

प्रकाशित : आइतबार, चैत १३, २०७८०८:३४

देउवा र शेखरलाई छुट्टा-छुट्टै डर !