“बार्सिलोनाले रियललाई तर्साइरहेको छ, सात्तो लिरहेको छ”

एजेन्सी – बार्सिलोनाका पूर्व स्टार रिभाल्डोले बार्सिलोना उपाधि दौडहरुमा फिर्ता भएको बताएका छन्। हालसालै एक मिडियासँग बार्सिलोनाको पछिल्लो अवस्थाहरु बारे कुराकानी गर्नेक्रममा रिभाल्डोले बार्सिलोना उपाधि दौडहरुमा फिर्ता भएको बताएका हुन्।

इन्टरनेसनल ब्रेक शुरु हुनु अगाडी बार्सिलोनाले एल क्लासिकोमा रियल म्याड्रिडलाई पराजित गरेको थियो। लालिगा लिडर रियललाई ४-० को गोल अन्तरले पराजित गरेपछि बार्सिलोनाले पूरा युरोपलाई चेतवानी पठाएको छ।

सो जितपछि बार्सिलोनाले लालिगा क्लबहरुलाई मात्र नभई युरोपका अन्य क्लबहरुलाई पनि चेतवानी पठाएको छ। लालिगामा धेरै अंकले अगाडी रहेको भएपनि बार्सिलोनाको पछिल्लो लयले रियललाई झड्का दिएको रिभाल्डो बताउँछन्। बार्सिलोनाको यस लय कायम रहे बार्सिलोनाले यहि सिजनबाट उपाधि जित्न सक्ने रिभाल्डोले बताए।

“यदि टोलीले अहिलेको लयलाई कायमै राख्यो पनि यहि सिजन उपाधि जित्छन्। यो लय बार्सिलोनालाई युरोपा लिग दिलाउन काफी हुन्छ। त्यति मात्र होइन यो लयले रियललाई पनि ठूलो समस्यामा पार्न सक्छ। बार्सिलोनाले रियललाई उपाधि दौडमा रियललाई तर्साउन सक्छ। केहि साता अगाडी भए म यसो भन्न सक्दैनथें, तर अहिले भने म यो खुलेर भन्न सक्छु। रियलले केहि गल्ती गर्यो भने त्यसो सिधा फाइदा बार्सिलोनालाई पुग्नेछ।”,रिभाल्डोले भने।

बार्सिलोना अहिले लालिगाको तेस्रो स्थानमा छ। बार्सिलोना र रियल बीच १२ अंकको अन्तर छ। तर एक कम खेलेको बार्सिलोनाले अर्को साता सेभियालाई पराजित गर्न सके अंक दूर ९ अंकमा झर्नेछ।

प्रकाशित : सोमबार, चैत १४, २०७८११:०३

“मेस्सीले २०२२ विश्वकप जितेर सन्यास लिए भने आश्चर्य मान्नु पर्दैन”