चम्किए पुलिसिस, ह्याट्रिक गर्दै अमेरिकालाई विश्वकपमा छनौट गराए !

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड क्रिष्टियन पुलिसिसको ह्याट्रिक सहयोगमा अमेरिकाले फिफा विश्वकप कतार २०२२ को कोन्काफ क्षेत्रको छनोटमा सानदार जित निकालेको छ ।

घरेलु मैदानमा अमेरिकाले पानमामाथि ५–१ को सानदार जित आत्मसात गरेको हो । पउल एरिओला र जेसस फेरेइराले समान एक गोल थप्दा पानमाका एनिवल गोडोएले एक गोल फर्काए ।

फ्लोरिडामा सोमबार बिहान भएको एकपक्षीय बनेको खेलमा अमेरिकाले पहिलो हाफमा चार गोल गर्दा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो ।

खेलको १७औं मिनेटमा पुलिसिसको पेनाल्टी गोलबाट अमेरिकाले सुरुवाती अग्रता लिएको थियो । २३औं मिनेटमा पउल एरिओलाले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर पारे । २७औं मिनेटमा जेससले गोल गर्दै अमेरिकाको अग्रता तेब्बर पारे ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पुलिसिसले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि अमेरिका सहज जिततर्फ अघि बढ्यो ।

६५औं मिनेटमा पुलिसिसले ह्याट्रिक पुरा गर्दा अमेरिका खेलमा ५–० ले अघि बढ्यो । ८६औं मिनेटमा एनिवल गोडोएले गोल गर्दै खेललाई ५–१ को अवस्थामा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा अमेरिका विजयी हुन सफल भयो ।

यो जितसँगै अमेरिकाले विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । कोन्काफ छनोटको दोस्रो स्थानमा रहेको अमेरिकाको १३ खेलबाट २५ अंक पुगेको छ ।

अब छनोटको अन्तिम खेलमा कोस्टारिकालाई बराबरीमा रोकेपनि अमेरिकाले सोझै विश्वकपमा स्थान बनाउनेछ । अमेरिकासँग हार बेहोरेको पानमा १८ अंक जोडेर पाँचौ स्थानमा रहँदै विश्वकप छनोटबाट बाहिरिएको छ ।

यस्तै अर्काे खेलमा मेक्सिकोले होन्डुरसलाई १–० ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना बलियो बनाएको छ । मेक्सिकोको जितमा इड्सन अल्भारेजले ७०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यो जितसँगै मेक्सिको १३ खेलबाट २५ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ । पराजित होन्डुरस ४ अंक जोडेर पुछारमा रहेको छ ।

छनोटकै अर्काे खेलमा कोस्टारिकाले इएल साल्भाडोरलाई २–१ ले पराजित गर्दै विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको छ । चौथो स्थानमा रहेको कोस्टा रिकाको २२ अंक छ । पराजित इएल साल्भाडोर १० अंक जोडेर छैटौं स्थानमा छ ।

विश्वकप छनोटकै अर्काे खेलमा जमैकामाथि ४–० को सानदार जित निकाल्दै क्यानडा दोस्रोपटक विश्वकपमा छनोट हुन सफल भएको छ ।

प्रकाशित : सोमबार, चैत १४, २०७८१०:००

“आर्सनल शिर्ष चारबाट आउट हुन्छ, युनाइटेड र टोटेनह्यामले पछि पारेरै छाड्छन्”