सामुद्रिक शास्त्रका अनुसार तपाईंको शरीरका अंगहरुमा हुने कोठीहरुको ठूलो महत्व हुन्छ। विभिन्न अंगहरूमा हुने कोठीले तपाईंको जीवनसँग सम्बन्धित विभिन्न कुराहरू बताउँछन्। उदाहरणका लागि, कोठीको आकार धेरै सानो हुनुले कुनै प्रभाव देखाउँदैन। अर्कोतर्फ, सामान्यतया तपाईंले शरीरमा कालो रंगका कोठीहरु मात्र देख्नु भएको हुनुपर्छ। तर सामुद्रिक शास्त्रका अनुसार कालो कोठी सधैं शुभ हुन्छ भन्ने छैन। अन्य रंगका कोत्य्हीको महत्व पनि बताइन्छ। यस्तोमा, आज शरीरको विभिन्न भागहरूमा पाइने विभिन्न रंगका कोठीहरु बारे जानौं।
१. समुद्र शास्त्र अनुसार कालो भन्दा हल्का रङ्गको कोठीलाई धेरै शुभ मानिन्छ।
२. यसबाहेक, जहाँ एक तर्फ कालो कोठीले सधैं शुभ संकेत दिँदैन। अर्कोतर्फ, खैरो वा रातो रंगका कोठीले समुद्र विज्ञानमा सधैं सकारात्मक प्रभाव देखाउँछ। यदि कुनै व्यक्तिको हातमा रातो कोठी छ भने त्यस्ता व्यक्तिको आर्थिक अवस्था निकै राम्रो हुन्छ। जसका कारण उनीहरुको जीवन सुखसुविधाले भरिपूर्ण हुन्छ।
३. यदि तपाईंको शरीरको कुनै भागमा महको रंग जस्तै खैरो रंगको कोठी छ भने त्यसलाई पनि धेरै राम्रो मानिन्छ। अर्थात्, यो कोठीले उक्त व्यक्ति भाग्यशाली छ भनेर संकेत गर्दछ। दायाँ कान तिर खैरो रंगको कोठीले अचानक आर्थिक लाभको संकेत गर्दछ।
४. तपाईंलिई थाहा पाउँदा अचम्म लाग्न सक्छ, तर समुद्रशास्त्रका अनुसार हरियो रंगको कोठी पनि हुन्छ, जसलाई निकै दुर्लभ मानिन्छ, अर्थात् यो धेरै कम मानिसको शरीरमा हुन्छ। तर यदि कसैको शरीरमा हरियो रंगको कोठी छ भने उसलाई जीवनको हरेक क्षेत्रमा सफलता मिल्छ।
५. यदि कुनै महिलाको देब्रे गालामा कोठी छ भने यो निकै शुभ मानिन्छ। यसबाट गुणी सन्तान प्राप्त हुन्छ। त्यसैगरी दुबै आँखे भौंको बीचको खाली ठाउँमा कोठी हुनु पनि महिलालाई भाग्यमानी रहेको सङ्केत दिन्छ।

