वर्षको अन्तिमसम्म निकै कष्टकर हुनेछ यी ३ राशिका मानिसलाई, अनेक समस्या आउनेछ !

ज्योतिषशास्त्रका अनुसार जब कुनै ग्रह अस्त हुन्छ, त्यसको प्रत्यक्ष प्रभाव मानव जीवनमा पर्छ। अहिले ग्रहहरुको राजकुमार बुध अस्त अवस्थामा रहेको छ। बुधदेव २०२२ मार्च १४ सोमबार बिहान ६:०८ बाट अस्त अवस्थामा रहेको छ भने २०२२ अप्रिल १२, २०२२ मंगलबार साँझ ७ः४७ मा उदाउनेछ। यस अवधिमा कुल ३० दिनसम्म बुध अस्त अवस्थामा रहनेछ। जान्नुहोस् बुध ग्रहको अस्तको प्रभावले कुन-कुन राशिलाई नकारात्मक प्रभाव पारिरहेको छ।

मेष राशि 

बुध ग्रह तपाईंको राशिको ११ औं घरमा बसेको छ। जसलाई आम्दानी र नाफाको घर भनिन्छ। त्यसैले काम र व्यवसायमा कठिनाइको सामना गर्नु पर्नेछ। आम्दानीका साधनमा कमी आउन सक्छ। व्यापारीहरूको कुनै पनि सम्झौता अन्तिम नभएसम्म रोकिन सक्छ। अहिलेको समयमा पैसा लगानी गर्दा सावधानी अपनाउनु पर्ने देखिन्छ।

वृष राशि 

बुधको अस्त तपाईंको राशिका लागि पीडादायी साबित हुन सक्छ। बुध तपाईंको जागिर र करियरको घरमा विराजमान रहेको छ। जसका कारण काममा समस्याको सामना गर्नु पर्नेछ। रोजगारीको अवसर गुम्न सक्छ। कार्यस्थलमा कामको दबाब बढ्नेछ। वरिष्ठ अधिकारीसँग सम्बन्ध बिग्रन सक्छ। काममा गरेको मेहनतको फल नमिल्ने सम्भावना छ।

मिथुन राशि 

बुध तपाईंको राशिको नवौं घरमा बसेको छ। नवौं घरलाई भाग्यको भाव मानिन्छ। बुध ग्रहको प्रभावले अप्रिल १२ सम्म भाग्य कम हुनेछ। तपाईंको काम बिग्रन सक्छ। बुधको अस्त कालमा तपाईंले कागजातसम्बन्धी समस्याहरूको सामना गर्नुपर्ने हुन सक्छ। व्यापारमा कुनै पनि सम्झौता हुन हुन लाग्दा अन्तिम समयमा रोकिन सक्छ। कार्यस्थलमा सहकर्मीहरूसँग मतभेद हुन सक्छ।

प्रकाशित : सोमबार, चैत १४, २०७८१६:०९

बाटो हिड्दा यी ५ चीज देख्नु हुन्छ अत्यन्त शुभ, बन्नेछन् तपाईंका हरेक काम !