मेस्सी बार्सिलोना फर्केर आउने पेड्रिको आश !

लियोनल मेस्सी र पेड्रिले बार्सिलोनामा एक वर्ष सँगै बिताएका थिए। गत समर ट्रान्सफर विन्डोमा मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गर्नुअघि अर्जेन्टिनी कप्तान र स्पेनिस वोन्डर-किडले रोनाल्डो कोम्यानको नेतृत्वमा २०२०-२१ सिजन बार्सिलोनाबाट एकसाथ खेलेका थिए।

यस्तोमा, मेस्सीको सम्भावित क्याम्प नोउ फिर्ती बारे अफवाहहरू बीच, पेड्रिले आफू ७ पटकका ब्यालोन डी ओर विजेतासँग पिच साझेदारी गर्न पाउँदा खुसी हुने बताएका छन्। पेड्रि र मेस्सीको क्याटलानको राजधानीमा एकमात्र सिजन खेल्दा राम्रो सम्बन्ध रहेको थियो। यी दुई स्टारले पिचमा एक टेलिपाथिक साझेदारी विकास गरे, विपक्षी टोलीहरूमा जादू र विनाशको डर सिर्जना गर्न सफल भए।

युवा मिडफिल्डरले अझै पनि ती मनमोहक सम्झनाहरू झलझल सम्झिन्छन् र त्यस्ता पल पुन: बिताउन उत्सुक छन्। उनले”मैले लियोसँग मैदानमा र मैदान बाहिर पनि रमाइलो समय बिताएँ। उहाँ एक उत्कृष्ट व्यक्ति हुनुहुन्छ त्यसैले मलाई आशा छ कि उहाँ फर्कनुहुनेछ। मलाई उहाँसँग खेल्न रमाईलो लाग्यो र उहाँलाई एक टोलीको साथीको रूपमा पाउँदा खुसी लागेको छ।”

यद्यपि उनीहरूले पछिल्ला केही महिना फरक फरक क्लबबाट खेलेका छन्, पेड्रि अझै पनि मेस्सीसँगको आफ्नो सम्बन्धलाई सम्झिरहन्छन्। बार्सिलोनाका मिडफिल्डरले खुलासा गरेका छन् कि उनी अझै पनि मेस्सीको खेल हेर्न र केही पाठ सिक्न समय निकाल्ने गरेका छन्। “जब म सक्छु, म उहाँका म्याचहरू हेर्छु किनभने तपाईंले विश्वका उत्कृष्ट फुटबलरलाई खेलेको हेरेर धेरै कुरा सिक्नुहुन्छ, तर यो सत्य हो कि जब परिस्थिति साथीको लागि सहि हुँदैनन्, यसले दुख दिन्छ,” उनले भने।

प्रकाशित : सोमबार, चैत १४, २०७८१८:०३

इटालीलाई पछारेको नर्थ म्यासेडोनियालाई पोर्चुगलले हराउन सक्ला ? खेल कहाँ हेर्ने ?