“बालोन डी’ओर नजितेकोमा मलाई पश्चाताप छैन”

एजेन्सी – स्विडेनी फुटबलर ज्लाटन इब्राहिमोभिचले बालोन डी’ओर नजितेकोमा कुनै पश्चाताप नरहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा इब्राहिमोभिचले बालोन डी’ओर जित्न नसकेकोमा आफूलाई कुनै पश्चाताप नरहेको बताएका हुन्।

जर्मन मिडिया विल्डलाई अन्तर्वार्ता दिनेक्रममा इब्राहिमोभिचले बालोन डी’ओर जस्ता व्यक्तिगत अवार्ड जित्दैमा उत्कृष्ट नभइने बताए। बालोन डी’ओर जस्ता उपाधि नजित्दैमा खराब नभइने पनि इब्राहिमोभिचले बताउन छुटाएनन्।

इब्राहिमोभिचका अनुसार बालोन डी’ओर जस्ता उपाधि राजनीतिक पुरस्कार हुन्। खुलेर बोल्ने भन्दा पनि कम बोल्ने र आफ्नो छविलाई जोगाएर राख्ने खेलाडीहरुलाई यस्ता अवार्ड दिइने गरेको इब्राहिमोभिचको दावी। उनले खुलेर बोल्ने गरेकै कारण व्यक्तिगत अवार्ड नपाएको संकेत गरे।

“यी राजनीतिक पुरस्कारहरू हुन्। यस्ता अवार्डहरु ‘मिस्टर परफेक्ट’हरुलाई दिइन्छ। मनमा लागेका कुराहरु खुलेर बोल्ने हो भने तपाई यस्ता अवार्ड प्राप्त गर्न सक्नुहुँदैन। यस्ता अवार्ड पाउनु र नपाउनुले मलाई चाहिँ केहि फरक पार्दैन। यस्ता अवार्ड पाउँदा उत्कृष्ट भइने र नपाउँदा खराब भइने होर ?”,इब्राहिमोभिचले भने।

इब्राहिमोभिच लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले राज गरेको दशकमा उदाएका खेलाडी हुन्। इब्राहिमोभिच गएको २० वर्ष भन्दा बढी समय देखि व्यावसायिक फुटबलमा छन्। सन् १९९९ मा व्यावसायिक करियर शुरु गरेका उनी ४० वर्ष उमेरमा पनि राम्रो फुटबल खेलिरहेका छन्।

उनले युरोपका लगभग सबै राम्रो लिगहरुमा फुटबल खेलिसकेका छन्। इब्राहिमोभिच अझै केहि वर्ष फुटबल खेल्ने योजनामा छन्। ज्यानले साथ दिएसम्म फुटबल खेल्ने उनको योजना छ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८०९:३२

बार्सिलोनाको टार्गेटका सहकर्मी उछिट्याउँने रियलको दाउ, यति धेरै रकम तिर्न भयो तयार !