एक हप्तापछि एक लाख मुनी आयो सुनको भाउ, चैत्र महिना कै सस्तो !

लगातार दोस्रो दिन पनि सुनको भाउम आ गिरावट आएको छ। हप्ताको पहिलो दिन स्थिर रहेर दोस्रो दिन घटेको सुनको मूल्य आज दोस्रो दिन पनि ह्वात्तै ओरालो लागेको छ। मंगलबार एकैदिन सुनको भाउमा तोलाको एक हजार ३ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्यमा सोमबारको तुलनामा १ हजार ३ सय रुपैयाँको गिरावट आएको छ। आइतबारको तुलनामा ४ सयले घटेर सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ९९ हजार २ सय कायम भएको छ।

त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि आज १ हजार ३ सय रुपैयाँ कै गिरावट आएको छ। सोमबार तोलाको एक लाख रुपैयाँमा किनबेच भएको तेजाबी सुनको भाउ आज मंगलबार भने ९८ हजार ७ सय रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य

सुनको भाउ घटेको दिन आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। सोमबार तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८११:१९

फेरी आउँदै मालामाल बनाउने अर्को आइपीओ, कहिलेबाट आवेदन दिन मिल्ने ?