ज्योतिष शास्त्रका अनुसार राहु र केतु दुबै छाया ग्रहले सँगै राशि परिवर्तन गर्छन्। १२ अप्रिल २०२२ मा राहु-केतुले राशि परिवर्तन गर्दैछन्। यो गोचरमा राहु मेष राशिमा प्रवेश गर्नेछ। मेष राशिको शासक ग्रह मंगल हो। केतुले पनि सोही दिन तुला राशिमा गोचर गर्नेछ। तुला राशि शुक्र द्वारा शासित छ। राहु र केतु १८ महिनासम्म यी राशिमा रहनेछन्। राहु-केतुको यो परिवर्तनका कारण ४ राशीका व्यक्तिहरुलाई निकै शुभ समय रहनेछ। जानौँ ती ४ राशिका बारेमा।
वृष राशि

यो राशिका मानिसहरुका लागि यो गोचर लाभदायी साबित हुनेछ। विदेश जाने योजनामा रहेकाहरुका लागि यो समय अनुकूल रहनेछ। स्वास्थ्यप्रति सचेत रहनुहोला। आर्थिक स्थितिमा केही सुधार आउने देखिन्छ। कार्यस्थलमा तपाईंको छवि बलियो हुनेछ।
मिथुन राशि

यस अवधिमा तपाईंका केही अधुरा मनोकामना पूरा हुने देखिन्छ। धन आर्जनका नयाँ बाटो खुल्नेछन्। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। यात्राबाट राम्रो आम्दानी गर्न सकिनेछ। समाजमा फरक पहिचान बनाउन सकिनेछ।
सिंह राशि

यो राशिका लागि यो गोचर शुभ रहनेछ। लाभको धेरै शुभ अवसर मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। आर्थिक अवस्था पहिलेको भन्दा बलियो हुनेछ।
धनु राशि

धनु राशि हुनेहरुका लागि यो समय निकै राम्रो रहनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। आम्दानी बढ्ने प्रबल सम्भावना छ। यात्राबाट राम्रो धन जम्मा गर्न सफल हुनुहुनेछ।

