कतिपय मानिसमा अचम्मको आकर्षण हुन्छ। मानिसहरु एकाएक यस्ता मानिस तर्फ आकर्षित हुन्छन्। यसको पछाडि उनीहरुको स्वभाव–व्यवहार, बोल्ने शैली, रहनसहन जस्ता कारणहरु रहेका छन्। ज्योतिषशास्त्रमा यस्ता व्यक्तिको राशिलाई पनि यसको पछाडि कारण मानिन्छ। ज्योतिषशास्त्रका अनुसार ३ राशिका मानिस प्रति अन्य मानिस छिट्टै आकर्षित हुन्छन्।
मेष राशि

मेष राशिका मानिसहरु निकै मजाकिया र सधै खुसी रहने गर्दछन्। तिनीहरू जीवनको पूर्ण आनन्द लिन्छन्। उनीहरुसँगै बस्ने मानिसहरु पनि हँसिलो नै देखिन्छन्। उनीहरुको यही गुणले गर्दा मानिसहरु उनीहरुमा फिदा हुन्छन्। यी मानिसहरू मित्रता पनि राम्रोसँग निभाउँछन्।
वृष राशि

वृष राशिका मानिसहरु निकै सकारात्मक, खुशी र रमाइलो स्वभावका हुन्छन्। यी मानिस जहाँ जान्छन् त्यहाँ आफ्नो छाप छाड्न सफल हुन्छन्। उनको बोल्ने शैली यस्तो छ कि मानिसको मुस्कान पक्का निस्किन्छ। यी मानिसहरु धेरै बुद्धिमान पनि हुन्छन्। समग्रमा, यी व्यक्तिहरूमा ती सबै गुणहरू छन् जुन कसैलाई उनीहरूको बारेमा पागल बनाउन पर्याप्त हुन्छ।
धनु राशि

धनु राशिका मानिसहरु पनि हँसिलो स्वभावका हुन्छन्। यी मानिसहरू बोल्ने कलामा निपुण हुन्छन् र यसै कारणले गर्दा उनीहरू सजिलैसँग मानिसहरूलाई आफ्नोतर्फ आकर्षित गर्छन्। उनीहरु जहाँ गए पनि आकर्षणको केन्द्र बन्छन्।

