एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई क्लबका अड्याउन पेरिस सेन्ट जर्मेन(पिएसजी)ले जुन सुकै हद सम्मको बलिदान गर्ने भएको छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी कसैले नसोचेको बलिदान गर्न समेत तयार भएको हो।
विभिन्न खेल मिडियाहरुका अनुसार एम्बाप्पे क्लबमा बस्न तयार हुन्छन् भने पिएसजी लियोनेल मेस्सी र नेयमारलाई समेत क्लबबाट हटाउन तयार छ। एम्बाप्पेका लागि मेस्सी र नेयमारलाई बेच्न परे पनि पिएसजी पछि नहट्ने फ्रेन्च मिडियाहरु बताउँछन्।
एम्बाप्पेको सम्झौता यहि सिजनको अन्त्यमा सकिँदै छ। पिएसजीले गएको दुई वर्ष देखि लगातार एम्बाप्पेको सम्झौता थप गर्ने प्रयास गरिरहेको छ। यस बीचमा पिएसजीले आकर्षक भन्दा आकर्षक प्रस्ताव एम्बाप्प्पे समक्ष पेश गरिसकेको छ।
तर एम्बाप्पेले भने पिएसजीका कुनै पनि प्रस्तावमा सहमति जनाउन सकेको अवस्था छैन। जनवरीयता विश्वका जुन सुकै क्लबसँग सम्झौता गर्न खुला भइसकेका एम्बाप्पेले रियल म्याड्रिडसँग अग्रिम सम्झौता गरिसकेको दावी पनि गरिन्छ। तर पिएसजीले अझै पनि एम्बाप्पेलाई अड्याउन सकिने सम्भावना देखिरहेको छ।
एम्बाप्पेलै क्लबमा राख्न मेस्सी र नेयमारलाई पिएसजीले बिक्री गर्न सकने फ्रेन्च पत्रकार अब्देल्लाह बाउल्मा बताउँछन्। चित्त बुझ्दो प्रस्ताव आएको खण्डमा पिएसजीले मेस्सी र नेयमार दुवैलाई आउने ट्रान्सफर विन्डोमा बिक्री गर्न सक्ने बाउल्माको दावी छ। उनका अनुसार पिएसजीले मेस्सी र नेयमार दुवैलाई बिक्री गरेमा कुनै आश्चर्य मान्नुपर्ने छैन।

