विश्वकपमा लेवान्डोस्की पनि नछुट्ने भए !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा स्वीडेनलाई पराजित गर्दै पोल्यान्ड विश्वकपमा छनोट भएको छ ।

घरेलु मैदानमा पोल्यान्डले २–० को जित निकाल्दै विश्वकपमा स्थान पक्का गरेको हो । पोल्यान्डमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको ५०औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै पोल्यान्डलाई सुरुवाती अग्रता दिलाए । ७२औं मिनेटमा पिओटर जिलेन्स्कीले गोल गर्दै पोल्यान्डको जित पक्का गरे । स्वीडेनले दोस्रो हाफको अन्त्यतिर ८०औं मिनेटमा भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई मैदानमा उतारेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन ।

यस्तै प्ले अफकै फाइनलमा ब्रुनो फर्नान्डेसको दुई गोलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई पराजित गर्दै विश्वकपमा स्थान सुरक्षित गरेको छ ।

अर्काे प्ले अफको फाइनलमा वेल्सले स्कटल्यान्ड र युक्रेनबीचको विजेतासँग खेल्ने छ । स्कटल्यान्ड र युक्रेनबीचको प्ले अफको सेमिफाइनल स्थगित अवस्थामा छ ।

प्रकाशित : बुधबार, चैत १६, २०७८०९:२०

एम्बाप्पे अड्याउन पिएसजीले जे पनि गर्ने, ताल परे मेस्सी-नेयमार दुवैलाई बेच्ने !