आज सुन २९ दिनकै सस्तो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। साताको पहिलो दिन स्थिर रहेर लगातार दुई दिन घटेको सुनको मूल्य आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ४ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९८ हजार ८ सय रुपैंयाँ कायम भएको छ। यस अगाडी छापावाला सुन आइतबार १ लाख ९ सय, सोमबार १ लाख ५ सय र मंगलबार ९९ हजार २ सय रुपैंयाँमा कारोबार भएको थियो।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ४ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ। यस अगाडी तेजाबी सुन आइतबार १ लाख ४ सय, सोमबार १ लाख र मंगलबार ९८ हजार ७ सय रुपैंयाँमा कारोबार भएको थियो।

सुन झन्डै एक महिनाकै सस्तो

पछिल्लो गिरावटसँगै सुन झन्डै एक महिनाकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार सुन फागुन १७ गते अर्थात २९ दिनयताकै सस्तो भएको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, चैत १६, २०७८११:०७

एकाएक मौसममा परिवर्तन, चट्याङसहित पानी पर्ने !