ज्योतिषशास्त्रका अनुसार ग्रह र नक्षत्रको दृष्टिकोणले अप्रिल महिना निकै विशेष रहने भएको छ। यस महिनामा सबै ९ ग्रहहरुको राशि परिवर्तन हुँदैछ। यसका साथै नक्षत्रमा पनि विशेष परिवर्तन आउनेछ। ग्रह र नक्षत्र परिवर्तनको प्रभाव १२ वटा नै राशिमा पर्नेछ। ग्रह र नक्षत्रको स्थितिका कारण केही राशिका व्यक्तिहरूलाई समस्याको सामना गर्नुपर्ने हुन्छ भने केही राशिका व्यक्तिहरूलाई आर्थिक तथा मानसिक समस्याबाट मुक्ति पाउने समय साबित हुनेछ।
अप्रिल महिनामा ग्रहहरुको गोचर
ज्योतिषशास्त्र अनुसार मंगल ग्रहले ७ अप्रिलमा कुम्भ राशिमा गोचर अवधि सुरु गर्नेछ। त्यसको भोलिपल्ट अर्थात अप्रिल ८ मा बुध मेष राशिमा प्रवेश गर्नेछ। त्यस्तै, १२ अप्रिलबाट राहु-केतु प्रतिगामी चालमा चल्नेछन्। राहु मेष राशिमा प्रवेश गर्दा केतु भने तुला राशिमा प्रवेश गर्नेछ। अप्रिल १३ मा, गुरुदेव बृहस्पति मीन राशिमा गोचर गर्दा अप्रिल १४ मा सूर्य मेष राशिमा प्रवेश गर्नेछ। अप्रिल २७ मा बुध वृष राशिमा प्रवेश गर्नेछ भने महिनाको अन्त्यमा २९ तारिखको दिन शनिदेव कुम्भ राशिमा गोचर हुनेछ।
यी राशिलाई हुनेछ विशेष लाभ
मिथुन राशि
मिथुन राशिका लागि यो महिना निकै लाभदायी रहने देखिन्छ। वास्तवमा यो राशिमा शनिको छायाको प्रभाव रहनेछ। तर, शनिको राशि परिवर्तनले यस राशिका मानिसले शनिको छायाबाट मुक्ति पाउनेछन्। यो महिना तपाईंका रोकिएका कार्यले गती लिनुका साथै सफलताका साथ सम्पन्न हुनेछन्। कतैबाट शुभ समाचार प्राप्त हुनसक्छ। आर्थिक स्थितिमा उल्लेखनीय सुधार हुनेछ।
कन्या राशि
कन्या राशि हुनेहरुका लागि पनि अप्रिल महिना निकै फलदायी साबित हुनेछ। नोकरीमा परिवर्तनको विशेष योग बनिरहेको छ। सरकारी जागिर गर्ने व्यक्तिको स्थानमा परिवर्तन पनि हुनसक्छ। कार्यक्षेत्रमा तपाईंको मान सम्मान बढ्नेछ। आम्दानीका नयाँ स्रोतहरू सिर्जना हुनेछन्। यसका साथै नोकरीमा पदोन्नतिको पनि सम्भावना छ।
मकर राशि
यो समयमा शनि ग्रह मकर राशिमा नै रहेको छ। अप्रिल २९ बाट शनिदेवले मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछन्। शनिको राशि परिवर्तनले यस राशिका मानिसको आर्थिक अवस्था सुदृढ हुनेछ। साथै यस महिनामा भाग्यको पनि तपाईंको पूरा साथ दिनेछ। काममा नयाँ तथा लाभदायक अवसर मिल्नेछन्।