एजेन्सी – पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले पोचुगल सहित स्थानमा पुगेको बताएका छन्। फिफा विश्वकप २०२२ कतार अन्तर्गत युरोपेली छनोटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई पराजित गरेपछि रोनाल्डोले पोर्चुगल पुग्नुपर्ने स्थानमा पुगेको बताएका हुन्।
खेल पश्चात सामाजिक संजाल मार्फत एक सन्देश जारी गर्दै रोनाल्डोले लक्ष्य हाँसिल भएको बताएका छन्। विश्वकप नै पोर्चुगलको उचित स्थान भएको रोनाल्डोको भनाई छ।
“लक्ष्य हासिल भयो, हामी कतार विश्वकपमा छौं। हामी हाम्रो सही ठाउँमा छौं! अथक सहयोगको लागि सबै पोर्चुगलवासीलाई धन्यवाद!”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।
युरोपेली छनोटको प्लेअफ फाइनलमा पोर्चुगलले मंगलबार राति नर्थ म्यासेडोनियालाई पराजित गर्यो। सो खेलमा ब्रुनो फर्नान्डेसले दुई गोल गरे। पोर्चुगलले ब्रुनो फर्नान्डेसको गोलमा सुरुवाती अग्रता लिएको थियो। खेलको ३२ औं मिनेटमा ब्रुनोले कप्तान क्रिस्टियानो रोनाल्डोको पासमा गोल गर्न सफल भएका थिए।
म्यासेडोनियाका कप्तान रिस्तोभ्स्कीले गरेको गल्तीको फाइदा उठाउँदै पोर्चुगलले पहिलो गोल गरेको थियो। रिस्तोभ्स्कीको पासलाई मध्यभाग नजिक नियन्त्रणमा लिएपछि ब्रुनो अगाडी बढेका थिए। सो बल उनले रोनाल्डोलाई दिएका थिए, रोनाल्डोबाट पास फिर्ता पाउँदा ब्रुनोले गोल गर्ने मौका गुमाएनन्।

