ज्योतिष शास्त्रका अनुसार शनिदेवको प्रत्यक्ष सम्बन्ध मानिसको कर्म र जीविकासँग हुन्छ। शनिदेवको आशीर्वाद बिना कुनै पनि व्यक्तिले राम्रो काम गर्न सक्दैन। साथै, शनिदेवको कृपा बिना विवाह र सन्तान हुन सक्दैन। यसका अलावा शनिदेवले व्यक्तिलाई भौतिक सुख र आध्यात्मिक शक्ति पनि प्रदान गर्छन्। भनिन्छ, शनिदेव प्रसन्न भएमा सबै अशुभ काम समाप्त हुन्छन्। यस्तो अवस्थामा शनिदेवलाई प्रसन्न पार्न के-कस्ता काम गर्नुपर्छ भन्ने बारे थाहा पाउनुहोस्….
शनिदेवलाई प्रशन्न पार्न के गर्ने ?
शनिदेवलाई प्रसन्न पार्न सूर्योदयअघि पीपलको बोटमा जल चढाउनु निकै शुभ हुने विश्वास गरिन्छ। धेरै धार्मिक ग्रन्थहरूमा उल्लेख गरिए अनुसार सूर्योदय अघि पीपलको बोटमा जल चढाउँदा उक्त व्यक्तिमा शनिको महादशाको कुनै प्रभाव हुँदैन। यो वरदान भगवान ब्रह्माले दिएको विश्वास रहिआएको छ।
पिप्पलादले गरेका थिए तपस्या
महर्षि दधिचीका छोरा पिप्पलादले ब्रह्माको लागि कठोर तपस्या गरेका थिए। पिप्पलादको तपस्याबाट प्रसन्न भएर ब्रह्माले उनलाई वरदान माग्न भनेका थिए। ब्रह्माजीले पिप्पलादको मनोकामना पूरा गर्दै उनको दृष्टिले अन्य प्राणीहरूलाई जलाउने आशीर्वाद दिए। यस्तो वरदान पाएपछि पिप्पलादले शनिदेवलाई बोलाएर उनको दर्शनले नै जलाउन थालेको भनाई रहेको छ।
बच्चामा हुँदैन शनिको महादशा
शनिदेवको महादशाका कारण दधिचीले बज्नका लागि आफ्नो शरीर दान गरेको कथा पनि छ। जसका कारण उनकी श्रीमती सती भइन्। यसका साथै दधिचीका छोरा पिप्पलाद अनाथ भए। पिप्पलादमा पनि शनिको महादशा थियो। यो अवस्था देखेर ब्रह्माले उनलाई रोके र फेरि वरदान माग्न भने। त्यसपछि पिप्पलादले दुई वरदान मागेका थिए जसमा पहिलो थियो जन्मदेखि ५ वर्षसम्मको बच्चाको कुण्डलीमा शनिको कुनै दशा हुनेछैन, न शनिको प्रभाव रहनेछ।