“सन्तोषी माता”को भूमिका खेल्ने नायिकाको भएको थियो यस्तो भयानक मृ-त्यु, जीवन पनि थियो कष्टकर !

सन् १९७५ मा रिलिज भएको बलिउड फिल्म ‘जय सन्तोषी माँ’लाई बक्स अफिसमा सबैभन्दा सफल फिल्ममा गनिन्छ। १२ लाखमा बनेको यो फिल्मले २५ करोडको व्यापार गरेको थियो। यो चलचित्रमा जनताको धार्मिक विश्वास जोडिएको थियो। ‘जय सन्तोषी माँ’ फिल्मले सफलताको नयाँ कथा लेखेको होला तर यो फिल्म निर्माणमा संलग्न व्यक्तिहरुको जीवन दुःखले भरिएको थियो। फिल्म ‘जय सन्तोषी माँ’ मा अनिता गुहाले सन्तोषी माँको भूमिका निभाएकी छिन्।

तीन पटक सीता मैयाको भूमिका निर्वाह

अनिता गुहाले बलिउडमा आफ्नो करियरको सुरुवात सन् १९५० मा फिल्म टंगवालीबाट गरेकी थिइन्। उनी सन् १९५९ मा फिल्मफेयर अवार्डमा गुञ्ज उठी शहनाईका लागि सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि मनोनीत भइन्। त्यसपछि उनले धेरै पौराणिक कथामा आधारित चलचित्रमा अभिनय गरिन्। उनले तीनवटा फिल्ममा सीता माताको भूमिका निर्वाह गरेकी छिन्। अनिताले एक अन्तर्वार्तामा आफूले सन्तोषी माँ फिल्मपछि मानिसहरु मेरोमा आएर टाउकोमा हात राखेर आशीर्वाद दिन आग्रह गर्ने गरेको बताएकी थिइन्। मानिसहरूले उनलाई देवी जस्तै पूजा गर्न थालेका थिए।

शरीरमा थिए सेतो धब्बा

फिल्ममा सन्तोषी माता बनेकी अनिता गुहाको व्यक्तिगत जीवन दुःखले भरिएको थियो। कुनै समय आफ्नो सौन्दर्यका कारण चिनिने अनिता आफ्नो करियरको पतनको क्रममा सेतो दागको गम्भीर रोगबाट ग्रस्त भएकी थिइन्। जसका कारण उनी विरलै घरबाट बाहिर निस्किन सक्थिन्। यस्तो समय लुकाउन उनी प्रायः भारी मेकअप लगाउँथिन्।

अनिता गुहाको माणिक दत्तसँग राम्रो वैवाहिक जीवन बिताए पनि वास्तविक जीवनमा उनी आमा बन्नबाट वञ्चित भइन्। यो कुराको दु:ख उनलाई जीवनभर रह्यो। उनका श्रीमान् माणिक दत्तको असामयिक निधन पछि, उनले २० जुन २००७ मा ६८ वर्षको उमेरमा धेरै गुमनाम जीवन बिताएर संसार छोडेकी थिइन्। उनलाई हृदयघात भएको थियो।

‘जय सन्तोषी माँ’ विजय शर्माले निर्देशन गरेको धार्मिक फिल्म हो। यसमा कानन कौशली, भारत भूषण, आशिष कुमार, अनिता गुहा र कबीर खान जस्ता कलाकारले अभिनय गरेका थिए।

प्रकाशित : बुधबार, चैत १६, २०७८१७:४८

राजामौली र आलियाबीच पानी बाराबार, बोलचाल बन्द !