उच्च रक्तचापका बिरामी लगातार बढिरहेका छन्। खराब खानपान र तनावका कारण अधिकांश मानिस उच्च रक्तचापका बिरामी हुने गर्छन्। उच्च रक्तचापका प्रारम्भिक लक्षणहरू हल्का हुन्छन्, तर समयसँगै अझ खराब हुँदै जान्छन्। यदि यो रोगको सही समयमा उपचार हुन सकेन भने मृगौला, कलेजो, मुटु, ब्रेन स्ट्रोक जस्ता धेरै गम्भीर रोगको जोखिम बढ्न सक्छ।

साकाहारी आहारले रक्तचाप नियन्त्रण
पछिल्लो तीस वर्षमा उच्च रक्तचापका बिरामीको संख्या उच्च रूपमा बढेको विभिन्न रिपोर्टले दाबी गरेका छन्। अचम्मको कुरा के छ भने, ती मध्ये झन्डै आधा मानिसहरूलाई यो रोग लागेको थाहा थिएन। रिपोर्टका अनुसार बढ्दो रक्तचाप बुढेसकालको रोग होइन। रक्तचाप सन्तुलित राख्न बिरुवामा आधारित आहार लिन सुझाव दिइएको छ। तर, मांसाहारी खान चाहनेले नियन्त्रित मात्रामा खान सक्छन्। सीमित मात्रामा मांसाहारी र वनस्पति-आधारित आहारले रक्तचाप ११०/७० dL मा राख्न मद्दत गर्दछ।

अधिक मांसाहारी आहारले निम्त्याउन समस्या
यदि तपाईंले आवश्यकता भन्दा बढी मांसाहारी अआहर खानुभयो भने पनि तपाईंको रक्तचाप बढ्न सक्छ। अमेरिकामा केही विद्यार्थीहरू माझ अनुसन्धान गरिएको थियो। यस क्रममा यी विद्यार्थीहरूले मांसाहारी बढी खाने गरेको पाइएको थियो, त्यसपछि उनीहरूको आहारबाट मांसाहारी खाना हटाइयो। यसो गर्दा उक्त विद्यार्थीहरुको रक्तचाप सामान्य भएको पाइयो।

